सान्फ्रान्सिस्को – नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा नेपाली समुदायमाझ पहिलो पटक Project Entertainment Group को पहलमा नयाँ वर्ष साँझ क्रूज पार्टी सम्पन्न भएको छ ।![](https://scontent-dfw5-2.xx.fbcdn.net/v/t1.15752-9/s2048x2048/58049047_268353224047646_8268875409983012864_n.jpg?_nc_cat=106&_nc_ht=scontent-dfw5-2.xx&oh=d246bce44e8be5261de4d89a7797fdad&oe=5D47342B)
आयोजकद्वय उद्धब केसी र हरि ओझाको सकृयतामा सम्पन्न क्रूज पार्टी अप्रिल १३, २०१९ शनिबारको दिन बेलुका ७:३० बजे देखि मध्यरात १२:३० बजेसम्म रहेको थियो । क्रूज पार्टी Alameda Harbour बाट शुरु भई संसारकै लोकप्रिय पर्यटकीय स्थल हरु जस्तै Bay Bridge, GoldenGate Bridge , AT&T PArk, Tresure Island, Alcatraz , Sausalito, Pacific Ocean परिक्रमा गरेर पुन Alameda Harbour आएर नेपाली नयाँ वर्ष मनाउदै समापन गरिएको थियो ।
![](https://scontent-dfw5-2.xx.fbcdn.net/v/t1.15752-9/57504569_378436529669355_1121541498584694784_n.jpg?_nc_cat=103&_nc_ht=scontent-dfw5-2.xx&oh=87eae178b6dc3d7047e03f1689d66c4c&oe=5D31A0C1)
‘मासलाई भन्दा क्लासलाई’ ध्यानमा राखेर आफ्नो कला संस्कृतिलाई परदेशमा पनि जगेर्ना र प्रोत्साहन गर्ने उदेश्यले अयोजना गरिएको यस कार्यक्रममा सानफ्रान्सिस्कोवासी नेपाली समुदायको उल्लेख्य सहयोग र सहभागिता रहेको थियो । कार्यक्रममा Live Music, DJ, गाला डिनर र ओपेन बार आदि समावेश गरिएको थियो ।![](https://scontent-dfw5-2.xx.fbcdn.net/v/t1.15752-9/s2048x2048/52598055_2269944596594378_8172444769893482496_n.jpg?_nc_cat=101&_nc_ht=scontent-dfw5-2.xx&oh=90c26223b299fba261475a364f73bb32&oe=5D3F1E7B)