२०८२ जेठ ९ गते | 22nd of May 2025

नेपाली समाज कनेटिकेटको नयाँ बर्ष २०७६ को शुभकामना साँझ सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ४ गते ११:२६

केपी भट्ट/ कनेटिकेट – कनेटिकेटमा बसोबास गर्ने नेपालीहरुको संस्था नेपाली समाज कनेटिकेटले नेपाली नयाँ वर्ष विविध साँस्कृतिक कार्यक्रमको आयोजनाका साथ सम्पन्न गरेको छ । प्रमुख अतिथि नेपाल सरकारका महावाणिज्यदुत पुष्प भट्टराईको उपस्थितिमा सम्पन्न कार्यक्रममा एनआरएन कनेटिकेट च्यापटर सभापति घनशयाम खड्का, लायन्स क्लब हाडफोडका अध्यक्ष उत्तम लोहनी, Society Of Nepalese in America (SNA) का अध्क्षय रामचन्द्र श्रेष्ठ, विश्व साईकल यात्री सौरव दाहाल, लोक दोहोरी गायीका पुस्तका खड्का लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

नेपाली कला-सँस्कृति, रितिरिवाज र परम्परागत आपसी मेलमिलापका विविध पनहरुलाई झल्को दिने गरी संस्थाले यस्ता कार्यक्रम आयोजना गर्दै आएको संस्थाका कार्यसमिति सदस्य तथा नयाँ बर्ष कार्यक्रम संयोजक भद्रा राईले जानकारी दिए ।

संस्थाका सचिव केशव शर्मा दाहालद्दारा संचलित कार्यक्रममा संस्थाले बार्षिक रुपमा प्रकाशन गदै आएको संस्थाको मुखपत्र ‘कनेटिकेट चौतारी’ समेत विमोचन गरिएको थियो । संस्थाका सभापति तेजेश विक्रम मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाको तर्फबाट सबै नेपालीहरुमा नयाँ बर्षको शुभकामना व्यक्त गर्दै कनेक्टिकट राज्यमा बसोबास गर्ने सबै नेपालीहरुप्रती धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *