पोखरा, १५ जेठ ।
स्थानीय तहको सवालमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड रुपैयाँसम्म पाउने भएका छन् । यस्तै नगरपालिकाले १५ देखि ४३ करोड र उपमहानगरपालिकाले ४० देखि ६३ करोड रुपैयाा बजेट सरकारले बिनियोजन गरेको छ । महानगरपालिकालाई भने ५६ करोडदेखि १ अर्व २३ करोडसम्म अनुदान दिइने अर्थमन्त्री कृष्ण बहादुर महराले बजेट भाषण मार्फत जानकारी गराए ।
स्थानीय बिकास मन्त्रालयले गरिरहेको स्थानीय स्तरको बिकास कार्यक्रम स्थानीय तहबाटै हुनेछ ।