मेरिल्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी दक्षिण क्षेत्रको उपाध्यक्ष पदका लागी कृष्णजिबी पन्थले उम्मेद्वारी दर्ता गरेका छन् । एन दशकदेखी अमेरिका बसोवास गर्दै आईरहेका पन्थ बाल्टिमोरमा ब्यवसायिक रुपले पनि स्थापित सामाजिक अभियान्ता हुन । एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत सुचना ब्यबस्थापन समितिका सह-संयोजक शिब मल्ल प्रस्तावक तथा आइसीसी सदस्य राजन त्रिपाठीको समर्थनमा समाजसेवी पन्थले उपाध्यक्षका लागी मनोनयन दर्ता गराएका हुन् ।
तनहुंमा जन्मिएका पन्थ स्वदेशमा रहंदा पनि सामाजिक कार्यमा सक्रिय थिए । नेपाल तथा अमेरिकामा बिभिन्न संघ संस्थाहरुको अनुभव सहित समाजसेवाको दायरालाई अझै फराकिलो बनाउन तथा प्रवासी नेपालीहरुका समस्या समाधानका लागी पहल गर्न क्षेत्रिय उपाध्यक्षमा उम्मेद्वारी दर्ता गरेको पन्थले बताए । पन्थले नेपालमा तथा बिद्यालय तथा बालगृह निर्माणका लागी पनि सहयोग गर्दै आएका छन् । उपाध्यक्ष पदका बलिया उम्मेदवार पन्थ क्षेत्रिय उपाध्यक्षका लागी सबैको साथ र समर्थन रहने बिश्वास व्यक्त गरे ।