लस एन्जलस, उपेन्द्र सापकोटा/गोकुल ढकाल, अमेरिका, २८ मे । नेपाली दूतावास वासिङ्टन डिसी, अमेरिकाले क्यालिफोर्निया राज्यको लस एन्जलसमा दूतावासबाट प्रदान गरिने MRP पासपोर्ट, Travel Document (यात्रा अनुमतिपत्र) र अन्य परामर्श सेवाहरू स्थानीय रूपमा नै प्रदान गरेको छ ।
नेपाली दूतावासका द्धितीय सचिव चक्र सुवेदीले प्रदान गरेको सो सेवा पैतिस जनाले लिएका थिए । दूतावासबाट प्रदान गरिने सेवामा अधिकृत वारेसनामाको सुविधा भने दूतावासबाट मात्र प्रदान गरिने सचिव सुवेदीले जानकारी दिनु भयो ।
कार्यक्रममा सचिव सुबेदीले नेपालीहरुले प्रदेशमा जनताको रुपमा नेपाल सरकारबाट प्राप्त गर्ने सेवा र अधिकारका लागि आफु ‘घुम्ती सेवा बोकेर अमेरिकाका बिभिन्न राज्यको भ्रमणमा निस्केको’ बताउनुभयो । नेपाली राजादुतावासमा बिगतमा भएका ढिलासुस्तीका आरोपहरुलाई चिर्दै ‘आफुले पासपोर्टको कागज लिएपछिको १५ दिनभित्र सेवाग्राहीको ठेगानामा पुर्याईदिने’ बचनबद्धता ब्यक्त गर्नुभयो ।
भर्खरै पदोन्नती हुनुभएका क्यालिफोर्नियाका महाबाणिज्यदुत ॠषि ढकालले ‘राजदुतावाससंगको सहकार्यले लस एन्जलसवासीले प्राप्त गरेका सहयोग र सेवाको’ साराहाना गर्नुभयो । ‘आफु वाणिज्यदुत भईसकेपछी निरन्तर नेपाली राजादुतावाससंग संपर्कमा रहेर जनहितका कामका लागि लागिपरेको स्मरण गराउंदै सबैको सहयोगको लागि दुतावासले शुरु गरेको घुम्ती सेवा र यसलाई योजनाबद्ध तरिकाले सेवाभाव बोकेर सचिव सुवेदीले थालनुभएको यात्रााको लागि आभार’ प्रकट गर्नुभयो ।

श्रीपशुपतिनाथ फाउण्डेशन, युएसएको भवनमा एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरको संयोजन तथा च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेको संयोजकत्वमा उक्त कार्यक्रममा महाबाणिज्यदूत ऋषि ढकाल, पर्यटन दुत रामेश्वर भण्डारीले उपस्थित भई सहयोग पुर्याउनु भएको थियो भने कागजी ब्यबस्थापन, डकुमेन्टेशन तथा सेवाग्राहीको सेवाका बिभिन्न शिर्शकहरुका लागि कार्यक्रमको शुरुवातदेखी योगेन्द्र बिमली, बलराम थापा, मोहन ओली, बिरबल बुढाथोकी, इन्दिरा त्रिपाठी, कर्ण चन्द र चक्रपाणी मिश्रले सहयोग प्रदान गराउनुभएको थियो । 
आगामी कार्यक्रम :
सान-फ्रान्सिस्को :
मिती : मे ३०, २०१७
समय : बिहान १० बजे देखि साँझ ७ बजे सम्म
स्थान : Himalayan Flavor Restaurant
1585 University Ave, Berkeley, CA 94703
सान फ्रान्सिक्सकोको लागी सम्पर्क :
पूर्ण चन्द्र बानियां
अध्यक्ष, एनआरएन क्यालिफोर्निया च्याप्टर
फोन न. : ५३०-२२०-२२२०
फाउन्डेशनद्दारा महाबाणिज्यदुत ढकाललाई सम्मान :
यसैबिच नेपालसरकारबाट भर्खरै महाबाणिज्यदुतमा पदोन्नती हुनुभएका ॠषि ढकाललाई श्रीपशुपतिनाथ फाउन्डेशनले सम्मान गरेको छ । संस्थाका उपाध्यक्ष समेत रहनुभएका ढकाललाई अध्यक्ष भक्त थापाले संस्थाको तर्फबाट खादा ओढाई सम्मान गर्नुभएको थियो ।













