२०८२ जेठ ७ गते | 20th of May 2025

नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १६ गते १६:२८

डालस – नेजा सामुदायिक पत्रकारिता पुरस्कार छनौट समितिको अप्रिल २८ तारिक बसेको बैठकबाट यस बर्षको नेजा पत्रकारिता सामुदायिक पुरस्कारका लागि शिव शर्मा लाई छनौट गरिएकोे छ । सन्चारकर्मी शर्माले अमेरिकाको ग्यास स्टेसनमा जोखिम, बन्दुकको निसानामा नेपाली विषयमा गरिएको रिर्पोटिङलाई उत्कृष्ठ छनौट गरिएको हो ।

पुरस्कारका लागि गठित समितिले आह्वाान गरे अनुसार प्राप्त एक दर्जन आवेदनहरुको अन्तिम छनौटका लागि निर्धारण गरिएको विविध मापदण्डहरुको आधारमा समितिका तीन जनाको छुट्टा छुट्टै मुल्यांकनका आधारमा शर्माको रिर्पोटिङ उत्कृष्ठ ठहरिएको हो । पुरस्कार नेजाको मे ५ तारिक टेक्ससको डलासमा आयोजना गरिने १३ औं साधारण सभामा वितरण गरिनेछ ।

नेजाका सचिव सुरज भन्डारीद्दारा प्रेषित वक्तब्यानुसार पुरस्कारको राशी एकहजार एक सय एघार अमेरिकी डलर र प्रमाणपत्र रहेको छ । पुरस्कार अमेरिकी नेपाली समुदायमा नेपाली मुलका सन्चारकर्मीद्धारा लेखिएको खोजमुलक समाचारहरुमध्येबाट एक उत्कृष्ठलाई छनौट गरिदै आएको छ । पुरस्कार छनौटका लागि नेजाका महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा ज्योति देवकोटा र होमप्रसाद लम्साल सदस्य रहेको समिति गठन गरिएको थियो । हरेक दुई बर्षमा वितरण गरिने यस नेजा सामुदायिक पत्रकारिता पुरस्कार अघिल्लो पटक शिव प्रकास र दिनेश कार्कीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *