२०८१ वैशाख १५ गते | 27th of April 2024

‘नेजा-एनआरएन अमेरिका बहस – २०१९’ को तेस्रो संस्करण आगामी आईतवार डालसमा

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १९ गते ४:०३

डालस – नेपाल अमेरिका पत्रकार संघको १३औं वार्षिक साधारण सभा आगामी सप्ताहन्तमा डालासमा सम्पन्न हुंदैछ । उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन्(नेजा) को साधारण सभाका लागि उत्तर अमेरिकाभरका नेपाली पत्रकारहरु डालस आउंदैछन । साधारण सभाको अवसरमै आसन्न निर्वाचनका बिषयलाई मध्यनजर गरेर आयोजना गरेको ‘नेजा-एनआरएन अमेरिका बहस २०१९’ को तेस्रो संस्करण आगामी मे ५ तारिख आईतवारका दिन डालसमा आयोजना हुंदैछ ।

उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन अमेरिका पत्रकार संघको समुदायसंग जोडीने एउटा प्रयासस्वरुप प्रवासी नेपालीहरुको छाता संगठन एनआरएन, यसको बहुप्रतिक्षित निर्वाचन, अदालतमा दायर गरिएको मुद्दा, उम्मेद्वारहरुको योजना, नेजा र एनआरएन अमेरिकासंगको सम्बन्ध र अव कस्तो एनआरएनए  ? भन्ने बिषयमा यी कार्यक्रमहरुमा बहस हुने क्रममा डालसको बहसले बिशेष महत्व राख्नेछ ।

नेजाको १३औं साधारण सभामा भाग लिन आउने पाहुनाहरुका साथमा कार्यक्रममा भाग लिन एनआरएन अमेरिका निर्वाचन-२०१९ अध्यक्ष पदका प्रत्यासीहरु सुनील साह, सुर्य लम्साल र संजय थापा डालस आईपुग्दैहुनुहुन्छ । यस्तै चुनावमा आकांक्षी बहुसंख्यक प्रतिस्पर्धीहरु डालसको बहस कार्यक्रममा सहभागी हुंदैछन ।

स्थानीय नेपाली समाज टेक्ससको सभाहलमा (नेपाली मन्दिर)मे ५ मा दिउंसो १ देखि ४ बजेसम्म वहस कार्यक्रम संचालन गरिने र त्यसको लागि तयारी समेत पुरा भैसकेको नेजाका उपाध्यक्ष विकास राज न्यौपानेले बताउनुभयो । कार्यक्रममा सहभागि हुन आउनुहुने उम्मेद्वारहरुको सहजताका लागि आवश्यक प्रबन्ध मिलाइएको बताउदैं नेजाका मध्य क्षेत्रका क्षेत्रीय संयोजक रामचन्द्र भट्टले आउनुहुने उम्मेद्वारहरुलाई मे ३ अगावैं सम्पर्क राख्न समेत अनुरोध गर्नुभएको छ ।

नेजा – एनआरएन बहस कार्यक्रम – २०१९ का अन्य स्थानहरु :

नेजा केन्द्रिय समितिको बैठकद्दारा निर्णित बहस कार्यक्रमको पहिलो संस्करण अप्रिल १४ तारिख भर्जिनियामा भब्यताका साथ सम्पन्न भएको छ भने दोस्रो कार्यक्रम लस एन्जलसमा सम्पन्न भईसकेको छ भने मे ५ को डालसको कार्यक्रमपश्चात मे ११ तारिख शनिवार न्यूयोर्कमा ‘नेजा-एनआरएन बहस – २०१९’ को अन्तिम संस्करण आयोजना हुनेछ ।Image may contain: text

डालस बहस कार्यक्रम जानकारी :
मिती : मे ५, २०१९ – आईतवार
स्थान :  2016 W. Grauwyler Rd, Irving, TX 75061
समय : 1:00PM – 4:00 PM
संपर्क :
रामचन्द्र भट्ट : 408 – 368 – 9150
बिकासराज न्यौपाने : 214 – 300 – 5586
सुरज भन्डारी : 512 – 596 – 7940
शेर केसी : 512 – 468 – 9613

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *