२०८१ वैशाख १८ गते | 30th of April 2024

नेजामय छ डालस, आउनुस् संगै अघि बढौं – नेजा उपाध्यक्ष तथा १३ औं साधारण सभा संयोजक न्यौपाने

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १८ गते २२:४२

डालस – नेपाल अमेरिका पत्रकार संघको १३औं वार्षिक साधारण सभा आगामी सप्ताहन्तमा डालासमा सम्पन्न हुंदैछ । उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन्(नेजा) को साधारण सभाका लागि उत्तर अमेरिकाभरका नेपाली पत्रकारहरु डालस आउंदैछन । साधारण सभाको अवसरमै आसन्न निर्वाचनका बिषयलाई मध्यनजर गरेर आयोजना गरेको ‘नेजा-एनआरएन अमेरिका बहस २०१९’ को तेस्रो संस्करण आगामी मे ५ तारिख आईतवारका दिन डालसमा आयोजना हुंदैछ ।

नेजाको ऐतिहासिक १३औं साधारण सभाको अभुतपुर्व तयारी सम्पन्न भएको छ । अमेरिकाको नेपाली समुदाय सबैभन्दा ठुलो समुदाय डालसमा सम्पन्न हुन गैरहेको नेजाको साधारण सभाको तयारी आकर्षण र जानकारीबारे नेजाका केन्द्रिय उपाध्यक्ष तथा नेजा १३औं साधारण सभा आयोजना समितिका संयोजक  ब्यवसायी तथा हिमालयखबरका संस्थापक बिकासराज न्यौपानेसंगको कुराकानी :

१. नेजाको १३औ* साधारण सभाको तयारी कस्तो रुपमा भईरहेको छ ?

उपाध्यक्ष न्यौपाने – नेजाको ऐतिहासिक १३औं वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको छ । आगन्तुक पाहुनाहरुको बसाई, खानपिन र कार्यक्रम स्थल सबै तय भईसकेको छ । कार्यक्रम तालिका पनि तयार गरेर सदस्यहरूलाई हामीले इमेल मार्फत जानकारी गराईसकेका छाैँ । आगामी शुक्रवार देखिनै डालसमा नेजाका कार्यक्रम शुरु हुन्छन् । डालस अहिले नेजामय भएको छ, भनुम । शुक्रबार ३:०० बजे डालस आइपुग्नु हुने साथीहरुलाई अोक्लाहोमा भ्रमण गराउने ब्यबस्था गराएका छौं । शनिवार नेजाको नियमित साधारण सभाको कार्यक्रम हो । नेजाको यो साधारण सभा हाम्रो नियमित कार्यक्रम मात्र नभएर अमेरिकामा रहेका तपाईं हामी बिच आपसी भेटघाट र बसिबिंयालिको रौनक अवसर पनि होस् भन्ने हाम्रो प्रयास छ ।

२. साधारण सभाको तयारीका लागी टेक्सासका नेपाली सघं सस्धाको कत्तीको सहयोग पाउनुभएको छ ?

उपाध्यक्ष न्यौपाने – अमेरिकाको सबैभन्दा बलियो सामुदाय टेक्ससका संघसंस्था र समाजिक अभियन्ताहरुको सहयोग र हातेमालो नभएको भए नेजाको यो कार्यक्रम असम्भवप्राय थियो भन्छु म । संभव नै थिएन । धेरैले व्यक्तिगत र संस्थागत रुपमा यस कार्यक्रमलाई सहयोग गर्नुभएको छ । डालसको नेपाली समुदायको एकता र सद्भावको प्रतिफलले नेजाको यो ऐतिहासिक साधारण सभा भब्य र सभ्य बनाउने हाम्रो चाहना सफल हुंदैछ ।

३. बिगतका साधारण सभाभन्दा यो साधारण सभा कुन अर्थमा फरक रहेको छ ?

उपाध्यक्ष न्यौपाने – यो साधारण सभा नेजाको नियमित कार्यक्रम नै हो । तर, यस भन्दा बढी एनआरएनए अमेरिकाको निर्वाचन केन्द्रित बहसले साधारण सभा भेटघाट, आपसी चिनजान र अनुभव आदानप्रदान अवसर बनेको छ । यसपटक कार्यक्रममा विगतमा भन्दा बढीको सहभागिता हुने आशा गरेका छौं । पत्रकारितामा धेरै बर्ष बिताउनु भएका साथीहरुले सहभागिता जनाउँदै हुनुहुन्छ । वरिष्ठ पत्रकार किशोर नेपालले नेजाकै साधारण सभाको यो अवसरमा पत्रकारिताको उहांको ईतिहास सुनाउनु हुनेछ ।

यसवाहेक डलास आफैँमा नेपाली समुदाय सकृय रहेको शहर हो । यहाँ नेपालीहरुले आक्रमक शैलीवाट व्यापार व्यवसाय विस्तार गरिरहनु भएको छ । आगन्तुक पत्रकार साथीहरुले यहाँ रहँदा यसलाई महसुस गर्नु हुनेछ । यो सम्पर्क बढाउने अवसर पनि हो । अर्को तर्फ एनआरएनए अमेरिकाको चुनावी माहौल छ । हामीले साधारण सभा लगत्तै एनआरएनए अमेरिकाका नेतृत्वमा जान उम्मेदवार दिनेहरुसँग कार्यक्रम पनि राखेका छौं । यो पनि यसपटकको विशेष आकर्षण हो, मैले माथी नै भनिसकें ।

४. कति पत्रकारहरुको सहभागीता रहनेछ, यो साधारण सभामा ?
उपाध्यक्ष न्यौपाने – अहिले यतिनै भन्ने यकिन छैन । साथीहरूले खबर गरिरहनु भएको छ । हामी निरन्तर संपर्कमा छौं । आगन्तुकहरुलाई डालसमा स्वागत गर्न आतुर छौं । तर, राम्रै सहभागिता हुने आशा मैले गरेको छु ।

५. साधारण सभालाई चाहिने आर्थीक पाटोलाई कसरी ब्यबस्था गर्नुभएको छ, संयोजकज्यू ?

उपाध्यक्ष न्यौपाने – आर्थिक सहयोगका लागि हामीले डालसकै सामाजिक अभियन्ता, व्यवसायीहरुलाई अनुरोध गरेका थियौं । हाम्रो अनुरोधलाई स्विकारेर धेरैले सहयोग गर्नुभएको छ । हामी त्यो विवरण कार्यक्रम लगत्तै सार्वजानिक गर्नेछौं ।

६. साधारण सभाका आर्कषण के के हुन ?
उपाध्यक्ष न्यौपाने – नेजाको १३औं साधारण सभा हाम्रो नियमित कार्यक्रम हो । जस्तोसुकै अवस्थामा पनि नेजाले आफ्नो साधारण सभा र अधिबेशन समयमा सम्पन्न गरेको ईतिहसको निरन्तरताको कार्यक्रम हो, यो । अमेरिकामा सबैभन्दा ठुलो नेपाली समुदाय रहेको मिनी नेपाल डालसमा यो ऐतिहासिक कार्यक्रम हुनु नै आँफैंमा आकर्षण हो । त्यसबाहेक आसन्न एनआरएन अमेरिकाको निर्वाचन, ठुलो भोटर संख्या रहेको डालस र ‘नेजा-एनआरएन अमेरिका निर्वाचन बहस – २०१९’ को तेस्रो संस्करण, साधारण सभामा हुने छलफल संस्थाका अर्का आकर्षणका पाटा हुन् ।

उत्तर अमेरिकामा हामीले गर्ने सामुदायिक पत्रकारिता, हाम्रा अनुभव, समुदायमा नेजाको उपस्थिती र आपसी भेटघाटको अवसर अर्को सुखद पक्ष हो, हाम्रो कार्यक्रमको । साधारण सभाको औपचारिक कार्यक्रममा पत्रकार साथीहरुलाई भेट्ने अनुभव सुनाउने सुन्ने, रमाइलो गर्ने अवसर प्रदान गर्छ । हाम्रो अवस्था के छ, हामी कहाँ छौं भनेर मूल्यांकन गर्ने अवसर पनि हो । संस्था मार्फत अमेरिकामा रहेका नेपाली पत्रकारको हितका लागि केही अझ राम्रो गर्न सकिन्छ कि यो छलफल गर्ने अवसर पनि हो ।

मैले पून: दोहोर्याएं, नेजाको विधान अनुसार हरेक वर्ष हुने साधारण सभा हो, यो । तर पनि हामीले उत्तर अमेरिकामा रहनु भएका पत्रकारहरूलाई अाफ्नो कार्यथलोबाट समय निकालेर एकअापसमा भेटघाट, रमाइलो गर्ने अवसरका रूपमा नेजाको साधारण सभाको यो अवसर डालसलाई बनाइरहेका छाैँ । अर्को मैले माथी नै भनेजस्तो स्थानिय समुदायसँग भेटघाट पनि हो । नेपाली समुदाय डालसले निर्माण गरेको मन्दिर, पाठशाला, नेपाली ब्यवसायीहरुको सफलता र नेपाली समुदायमा हाइकमान्डको भूमिका राख्ने डालस चाइनाउने हाम्रो प्रयास हो ।

७. अतिथीको रुपमा को को आउदै हुनुहुन्छ, यसपाली ?

उपाध्यक्ष न्यौपाने – नेपाली पत्रकारिताका धरोहर वरिष्ठ पत्रकार किशोर नेपाल आउँदै हुनुहुन्छ । अमेरिकामा रहनुभएका अरू धेरै वरिष्ठ पत्रकारहरू पनि सहभागी हुनुहुनेछ । नेपाली राजादुतावास, वाणिज्यदुतावास, पर्यटन दुतहरु, एनआरएनए अमेरिकाका पदाधिकारीहरु, आसन्न निर्वाचनका आकांक्षीहरु, नव-पत्रकारहरु, सामाजिक अभियान्ताहरु र डालसका सम्म्पूर्ण संघ-संस्थाका प्रमुखहरुको नेजाको यो ऐतिहासिक १३औं साधारण सभामा सहभागीता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *