डालस – टेक्सस ड्यालसमा आयोजित नेपाल अमेरिका पत्रकार संघ (नेजा)को वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । उक्त साधारण सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन समान्य संशोधन सहित पारित गरेको छ । साधारण सभा वन्द सत्रमा नेजाका गतिविधि र विधानका वारेमा छलफल भएको थियो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/59991975_1990688874390205_4685472165003264000_n.jpg?_nc_cat=105&_nc_ht=scontent-sjc3-1.xx&oh=c9509be4731d7d2cfd2b69ff06684604&oe=5D613EB7)
कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्तले नेजा पहिले भन्दा वढी संगठित भएको वताउंदै आफु सधै संस्थाका सदश्यहरुको चाहना अनुसार अघि वढ्ने वताए । साधारण सभा संयोजक विकासराज न्यौपानेले साधारण सभा औपचारिक कार्यक्रम भएपनि पत्रकार साथिहरु पनि अनुभव सुन्न र सुनाउन महत्वपुर्ण भएको वताए । कार्यक्रममा विभिन्न राज्यमा रहेर पत्रकारिता गर्दै आए पत्रकारहरुको सहभागिता थियो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/59700642_2153521291350034_125198721880162304_n.jpg?_nc_cat=111&_nc_ht=scontent-sjc3-1.xx&oh=c987145512195b22f835b3bed2e4bf8f&oe=5D5DEE2B)
साधारण सभाकै अवसरमा एनआरएनए अमेरिकाका उम्मेदवार विच छलफल र बहसको कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भाग लिन अमेरिकाका विभिन्न राज्यवाट एनआरएनए अमेरिकाको आगामी नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी दिने लगायत अन्यको सहभागिता थियो ।
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/59652093_376103629661021_1831564137382019072_n.jpg?_nc_cat=101&_nc_ht=scontent-sjc3-1.xx&oh=9f1a50adc3ccddf402c04668b885502f&oe=5D677CEA)
बहसमा अध्यक्ष पदका तीन जना उम्मेदवारले आ आफ्ना एजेण्डा र मुद्दा राखेका थिए । अन्य पदका उम्मेदवारहरुले पनि संक्षिप्त रुपमा आ आफ्नो धारणा राखेका थिए ।
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/59465779_320971571877221_1345953286397624320_n.jpg?_nc_cat=100&_nc_ht=scontent-sjc3-1.xx&oh=e2e1bc009ee93c1574281989fa270161&oe=5D6B0613)
एनआरएनए अमेरिकाको आगामी नेतृत्वका लागि अध्यक्षमा सुनिल शाह, संजय थापा र सुर्य लम्सालले उम्मेदवारी दिएका छन् । बहसमा तीनै जना उम्मेदवारलाई आफ्नो एजेण्डा, मुद्दा र एनआरएनए अमेरिकाको नेतृत्वमा किन जानु पर्यो भन्ने अवसर दिईएको थियो । तीनै जना उम्मेदवारले आफुहरु नेतृत्व लिन सक्षम भएको दावी गरेका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/59419450_1844722958961629_7957287086120239104_n.jpg?_nc_cat=100&_nc_ht=scontent-sjc3-1.xx&oh=0ae3ddd702df26ace58e0fe42df287e4&oe=5D7183E5)
साधारण सभाको उद्घाटन र एनआरएनए बहसमा एनआरएनए अमेरिकाका क्षेत्रिय संयोजक गौरी जोशी, एनआरएनएका सल्लाकार हरिबोल भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेपाली सास्कृतिक तथा अत्यात्मिक केन्द्रका बोर्ड अफ ट्रस्टी अध्यक्ष विनय अर्याल, नेपाल अमेरिका चेम्बर अफ कमर्शका अध्यक्ष मनोज सिग्देल, शैलेश आचार्य, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष किशोर नेपाल, मेरिल्याण्ड राज्यका विद्यायक ह्यारी भण्डारी, नेजाका अध्यक्ष सुदिप पन्त, प्रवासी मञ्चकी उपाध्यक्ष यमुना भट्राई, जनसम्पर्क समितिका प्रतिनिधि सिपि पौड्याल, एनआरएनए अमेरिकाका प्रेस संयोजक बाल जोशी, समाजसेवी मुरली अधिकारी, आईसा ओझा, नेजाका सल्लाहकार तारा बराल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/59707159_501187963750571_6770496860986540032_n.jpg?_nc_cat=110&_nc_ht=scontent-sjc3-1.xx&oh=c530ad56be8321a0b5d22c077931952f&oe=5D2FF85B)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/59780700_587383558448487_4992344026364510208_n.jpg?_nc_cat=106&_nc_ht=scontent-sjc3-1.xx&oh=38a8df6eab24d4ef37f32232d9871949&oe=5D6C95CD)