२०८१ वैशाख १५ गते | 27th of April 2024

‘नेजा-एनआरएनए अमेरिका बहस-२०१९’ न्यूयोर्क कार्यक्रम स्थगित

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख २५ गते १६:३४

न्यूयोर्क – नेपाल अमेरिका पत्रकार संघ (नेजा)द्दारा एनआरएनए अमेरिकाको आसन्न निर्वाचन र आकांक्षी उम्मेदवारहरुविच छलफल गर्न आयोजना गरिएका ‘नेजा-एनआरएनए बहस-२०१९’ को न्यूयोर्क कार्यक्रम स्थगित गरिएको छ । यही मे महिनाको ११ तारिख अर्थात आगामी सप्ताहन्तको शनिवार न्यूयोर्कमा गर्ने भनिएको बहस कार्यक्रम स्थगित गरिएको छ ।

नेजाको कार्यसमितिको निर्णयानुसार एनआरएनएको आसन्न निर्वाचन र आकांक्षी उम्मेदवारहरुकाबिच अमेरिकाका बिभिन्न शहरहरुमा बहस कार्यक्रमको आयोजना गरिएको थियो । भर्जिनियामा पहिलो कार्यक्रम, लस एन्जलसमा दोस्रो बहस कार्यक्रम हुंदै गत मे ५ तारिख नेजाको वार्षिक साधारण सभाको अवसर पारेर डालसमा तेस्रो बहस कार्यक्रम सम्पन्न भईसकेको छ ।

एनआरएनए अमेरिका निर्वाचन समितिकानुसार आगामी १८ र १९ तारिख सम्पन्न हुनगैरहेको एनआरएनए अमेरिकाको निर्वाचनका लागि अध्यक्ष पदका तीनै प्रतिष्पर्धीहरु सुनील साह, सुर्य लम्साल र संजय थापा ‘चुनावी कार्यक्रमका लागि अन्य राज्यहरुमा पनि पुग्नैपर्ने भएकाले’ अध्यक्ष पदका प्रत्याशीहरुको कार्यब्यस्ततालाई मध्यानअजर राखेर मे ११ तारिख न्यूयोर्कमा आयोजना गरिने सम्पूर्ण तयारी पुरा भएको बहस ‘नेजा-एनआरएनए बहस – २०१९, न्यूयोर्क’ स्थगित भएको जानकारी गराउंदछौं ।

यसबाट हाम्रो कार्यक्रमका लागि टिकट लिनुभईसकेका बिभिन्न पदका उम्मेदवारहरु र हाम्रा शुभ-चिन्तकहरुलाई पर्न गएको असुबिधाप्रती क्षमा याचना गर्दछौं । साथै, नेजा-एनआरएनए बहसका लागी उपस्थिती, साथ, समर्थन र उर्जा प्रदान गराईदिनुभएका सबैप्रती आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं ।

गोकुलप्रसाद ढकाल
संयोजक
नेजा-एनआरएनए अमेरिका बहस – २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *