२०८२ चैत २ गते | 16th of March 2026

नासाको अध्यक्षमा बिष्टको उम्मेदवारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १५ गते २०:११

 नर्थ क्यारोलिना, अमेरिका । अमेरिकाको दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१७ देखि २०१९ को लागि अध्यक्षमा हालका महासचिव शिव विष्टले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन । अध्यक्षका उम्मेदवार विष्टले संस्थामा आवद्ध विभिन्न व्यक्तित्व र पदाधिकारीहरुको परामर्शका आधारमा उम्मेदवारी घोषणा गरिएको बताएका छन ।

वर्तमान महासचिव विष्टले अध्यक्षको उम्मेवारी घोषणासंगै संस्थालाई हाँक्नका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेका हुन ।
विभिन्न कार्ययोजनाहरुमा विष्टले संस्थाको गरिमालाई अझ शसक्त बनाउन नासाको कार्यक्षेत्रमा रहेका स्थानीय संघ संस्थाहरुलाई एकत्रित गरी विविध सामाजिक कार्यक्रमहरु सन्चालन गर्ने, नासाको सम्पर्क कार्यलय ६ महिना भित्र स्थापना गर्ने, नेपाल र प्रवासमा रहेका नेपालीहरुको पीरमर्कालाई राहत दिनका दिनका लागि निर्वाचित भएको ६ महिनाभित्र आकस्मिक कल्याणकारी कोष स्थापना गर्ने, नेपाली भाषा, कला र सस्कृतिको प्रवर्धनका लागि हरेक बर्ष नेपाल फेस्टिवल संचालन गर्ने, विभिन्न राज्यहरुमा कम्यूनीटि सेन्टर स्थापनाका लागि पहल गर्ने, नेपालको पर्यटन पर्वद्धनका लागि अमेरिकामा नेपालको स्थानीय विषय वस्तुहरुको प्रचारप्रसार गर्ने योजनाहरु अघि सारेका छन ।

त्यसैगरी नेपाल र अमेरिकाको सम्वन्ध स्थापित गर्न पहल गर्ने , शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न परियोजनाहरु संचालन गर्ने, अमेरिकामा रहेका युवाहरुको ज्ञान सीपलाई नेपालका लागि योगदान दिन सक्ने वातावरणको लागि नेपाल सरकारसंग पहल गर्ने, संस्थाको आर्थिक पारदर्शिता र सुचना प्रवाहमा विशेष ध्यान दिने र नासाले आफ्नो साधारण र आजिवन सदस्यलाई परिचय पत्र वितरण गर्ने योजना अघि सादै सबैको सहयोग र सद्भावको अपेक्षा गरेका छन ।

नासा र आन्माको १३ औ संयूक्त सम्मेलन नर्थ क्यारोलिनाको सार्लोटमा आगामी सेप्टेम्बर १-३ तारिखका दिन आयोजना हुँदै छ । महासचिव विष्टले हालको कार्यसमितिमा पनि विशेष योगदान दिएकाले कार्यसमितिमा प्राय सबैले उहाँको उम्मेदवारीलाई समर्थन गर्न सक्ने अनुमान गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *