अस्टिन – आगामी मे १८ र १९ का दिन हुने एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि टेक्सासबाट टंकराज रेग्मी ‘महेश’ बोर्ड अफ डाईरेक्टर पदमा उमेद्वारी दिएर चुनावी भ्रमणमा लागेका छन । नवलपुरको कावासोतीमा जन्मेका टंकराज रेग्मी ‘महेश’ नेपालमा छंदादेखी नै सांस्कृतिक तथा समाजिक काममा सक्रिय ब्यक्ती हुन् । सन् २००८ मा अमेरिका आएका रेग्मी टेक्सासको अस्टिनमा सफल ब्यवसायी हुन ।
नारामा मात्र भन्दा पनि एनआरएनए अमेरिकालाई मेरो हो भन्ने अनुभुती गर्ने वातावरण सृजना गर्न तथा नेपाली कला, संस्कृतिको उत्थानका लागि काम गर्ने प्रतिनिधी पात्रको रुपमा काम गर्न आफु एनआरएनए अमरिकाको कार्यसमिती सदस्य पदमा चुनाव लडेको रेग्मीले बताए ।
एउटा ब्यक्तिको पहिचान आफ्नो जन्मभुमीसंगको ममतामा दर्शिन्छ । पहिचान ब्यक्तीको आर्थिक स्तरले भन्दा पनि उसले गर्ने मेहनत र प्रवासमा नेपालएे कला र संस्कृतिको हितका लागि उसले चाल्ने कदमले प्रस्ट्याउंछ भन्ने मान्यता राख्ने रेग्मी लामो समयदेखी नेपाली कला क्षेत्रको आफ्नो संलग्नतालाई सामुदायिक हितमा प्रयोग गर्ने बताउंछन ।
नेपालबाट अमेरिका आउने कलाकारहरुको साथमा अमेरिकाभर जन्मभुमीको कला, संगित र सांस्कृतिक कार्यक्रमहरुको संयोजन गरेका सालीन रेग्मी कम बोल्ने तर काम गर्ने स्वाभावका मानिन्छन । एनआरएनए अमेरिका मार्फत नाराले होईन, कला र देशप्रेमको पाराले काम गर्ने रेग्मीको प्रतिज्ञा छ ।
