न्यूयोर्क – एनआरएनए अमेरिकाको निर्वाचन निर्धारित समयमा सम्पन्न हुने भएको छ । आगामी मी १८ र १९ तारिखका दिन हुने अमेरिकी नेपाली समुदायको छाता संगठन एनआरएनए अमेरिकाको बहुचर्चित निर्वाचन तोकिएको समयमा नै हुनेभएको छ । रबिना थापा र नारायण थापाको नाममा एनआरएनए अमेरिका, अध्यक्ष डा. केशब पौडेल लगायत निर्वाचन समितिलाई बिपक्षी बनाएर ‘आगामी निर्वाचन स्थगित गर्न’ माग गरिएर दर्ता भएको मुद्दा आज खारेज भएको छ ।
‘ल साथीहरु चुनावमा लाग्नुहोस् । अब यो चुनावमा पनि धांधली भए वदर हुने कोर्टको निर्णय भयो ।’ मुद्दा दर्ता गराउने नारायण थापाले आज बिहानै सामाजिक संजालमा आफ्नो स्ताटस पोस्ट गरेर एनआरएनए अमेरिकाको निर्वाचन रोक्न दाँयार गरिएको मुद्दा हारेको छनक दिएका थिए । अाफ्ना चुनावी प्रचारको दौरानमा अमेरिकाका बिभिन्न राज्यमा ब्यस्त उम्मेदवारहरुलाई पनि चुनाव हुने वा नहुने कुराको कौतुहलता मेटिएको छ । 
‘निर्वाचन सार्न अदालतमा निवेदन ? दिने पक्षको बिपक्षमा आज अदालतमा फैसला भएको छ’, खुल्लमन्चसंगको फोनवार्तामा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले बताउनुभयो । ‘एनआरएनए अमेरिकाको निर्वाचन सार्ने बिषयमा बहु-प्रतिक्षित फैसलाको आधिकारिकताको बारेमा खुल्लमन्चको जिज्ञासामा ‘एनआरएनए अमेरिकाको पक्षमा आज बिहान फैसला भएको’ बताउनुभयो । ‘आगामी मे महिनाको १८ र १९ गते निर्वाचन समितिले तोकेको समयमै चुनाव हुने कुरामा ढुक्क हुनुस्,’अध्यक्ष डा. पौडेलले बताउनुभयो ।
‘मुद्दा हालेर समाधान’ सोच्नेहरुलाई अर्को चोट :
नेपाल सरकारद्दारा मान्यताप्राप्त प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनए अमेरिकामा आफ्नो पक्षमा परिणाम नआए अदालत धाउने प्रचलनलाई अर्को झट्का मिलेको छ । सामाजिक संस्थामा रहर लाग्ने बित्तिकै टेनेसी धाउने नजिरलाई अर्को बिर्को लगाईदिएको छ । संस्थामा आफुअनुकुल बातावरण नभए संस्थाको मान्यतालाई तिलान्जली दिंदै मुद्दा हालेर संस्थालाई नै भांजो हाल्ने मनपरीको एउटा अध्याय सकिदैं गर्दा संस्थाभित्रका समस्याका समाधान त्यसैभित्र रहेर खोज्न सन्देश दिएको छ ।
संस्थामा नियम बसाउन त्यागको पनि जरुरी पर्दछ । अफवाह र हौवाको भरमा संस्थाको गरिमालाई तिरस्कार गर्दा अदालतअले सधैंं सामुदायिक संस्थाको पक्षमा सम्मानित अदालत अडिग रहने टेनेसी अदालतको यो निर्णयले देखाएको छ ।