लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ, नेजाका महासचिव किरण मरहट्ठाको पुस्तक “नेपाली हु इज हु इन द युएसए” क्यालिफोर्नीया स्टेट युनिभर्सीटी, लङ्गविचमा आइतबार बिमोचन गरियो । विश्वविद्यालयको प्रोफेसनल तथा इनटरनेशनल एजुकेशनका उपाध्यक्ष तथा डिन डा. जित जोशीले होस्ट गरेको कार्यक्रममा सहायक उपकुलपति गेरी ह्यानले, महावाणिज्यदुत ॠषी ढकाल, एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र डिन डा. जोशीले संयुक्तरुपमा विमोचन गरेका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/s2048x2048/60171993_2403324593213249_4954079114752425984_n.jpg?_nc_cat=106&_nc_eui2=AeE-qMfrFtVnXxY44iaeYnO4hhLb_Ymxmf_u8TX841lCNyp1bbn9RPfsELEdaX0ELd8Sa6q44-nOgHIyL9ABZYczf28pln6CGUzBagiTdKDglg&_nc_ht=scontent-sjc3-1.xx&oh=140dc3abcb72ab530f948274a350d01f&oe=5D6275B9)
विश्वविद्यालयका डिन डा. जित जोशीले नेपाली हु इज हु आजको अमेरिकन नेपाली समुदायको चित्र भएको टिप्पणी गरे । उनले बिधार्थी र अनुसन्धातालाइ उपयोगी हुने पुस्तक भएकोले आफ्नो विश्वविद्यालयले इन्डोर्स गरेको जानकारि दिए । ‘हामी बढी भन्दा बढी विश्वविद्यालयहरुमा यो पुस्तक पु–याउने छौँ ताकी नेपाली डायस्पोराको बारेमा धेरैले जान्न सकुन’ जोशीले भने । एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले पुस्तक पहिलो पुस्ताका नेपालीले अमेरिकी भुमीमा गरेको संधर्ष र सफलताको दस्तावेज भएको बताए । ‘नेपाली हु इज हु आजको पुस्ताको सजिव कहानी हो र नयाँपुस्ताको लागी प्रेरणा हो’ उनले भने ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/60112241_2016880375286924_928844599688953856_n.png?_nc_cat=111&_nc_eui2=AeGvbdhWWtw9GOoKFaT1uqPk83MYi2u4KEaustPxQV6rP8sRf-xAlrss5gPT5Nj2Yk-HIwPSb1pY6Uz-RHvHc-t1SbZcIVHIjzBNPv-pnpM_KA&_nc_ht=scontent-sjc3-1.xx&oh=72c4a93e4e401a370a1315efad6e3275&oe=5D5744D9)
कार्यक्रममा अवैतनिक महाबाणिज्यदुत ॠषी ढकालले पुस्तक तयार पार्ने क्रममा मरहट्ठाले गरेको मेहनत र लगावको प्रसंशा गर्दै नेपाली हु इज हु लाई अमेरिकी विश्वविद्यालयले इन्डोर्स गर्नु सर्हानीय भएको बताए । ‘यो पुस्तक आफैमा एक सन्दर्भ सामग्री हो’ ढकालले टिप्पणी गरे । पुस्तकमा अमेरिकाका ४४ वटा राज्यका नेपालीको प्रतिनिधिमुलक कथाहरु समेटिएका छन् ।![Image may contain: one or more people](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/60355047_2167026840043930_4129327488478216192_n.jpg?_nc_cat=107&_nc_eui2=AeH-OV0nmYh--JPARZULArtKLB-8q0F786Vs455zPsIpScACMKPWO90J1iWSMmKSzmGcnMmXiFATAZSAmehOxOxaz_QigmXaQLHsIWcvy25utQ&_nc_ht=scontent-sjc3-1.xx&oh=983acf1f3e1789b25f287a6d7bc425b6&oe=5D71B93C)
लेखकले ५० वटै राज्य समेट्ने आफ्नो चाहना विभिन्न कारणले पुरा हुन नसकेको जानकारी दिए । ‘नेपालीको प्रगतिको कथालाई अमेरिकी मुलधारमा चिनाउन हु इज हु लेखेको हुँ, धेरै पात्रहरु छुटेका छन् आगामी संस्करणमा उनीहरुलाई समेट्ने कोसिश गर्नेछु’ उनले भने । पुस्तकको प्रवर्धनात्मक भिडियो समेत देखाइएको कार्यक्रममा हु इज हु पब्लिकेशनका निर्देशक तथा एनआरएन अभियानता तिलक केसीले पुस्तकमा प्राज्ञ, व्यवासायी, लेखक तथा कलाकर्मी, समाजसेवी र योगं अचिभर्स गरि पाँच सेक्सन रहेको र अनलाइन संस्करण पनि छिट्टै सार्वजनिक हुने जानकारी दिए ।![Image may contain: 2 people, people standing](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/60192570_10214147770277128_2114211378171478016_n.jpg?_nc_cat=101&_nc_eui2=AeEpThyYajuULpxU5FZR-6Vw2c9M_jtAF4lp1licuPcxBS0ovpnDDGpbwQNNp6bTNhj_9txRZPUGf198nvZt-KTINvpIBAZarCVp67RF_dZrAQ&_nc_ht=scontent-sjc3-1.xx&oh=2d8cbc3b18485596c0e198647e468149&oe=5D644DDB)
कार्यक्रममा महिला उद्यामी यमुना भट्टराई, अनुसुया वन्त र राजनीतिकर्मी राचेल लेन मुरेले सफलताको शुभकामना दिएका थिए । सांग्रीला बुक अमेरिकाले वितरण गरेको यो पुस्तक हुइजहुनेपाली डटकम ( www.whoiswhonepali.com ) मा अनलाइन किन्न सकिन्छ । । नेपाली लेखकलाई अमेरिकी विश्वविद्यालयले होस्ट गरेको सम्भवत यो पहिलो पटक हो । एबिसी टेलिभिजनका पत्रकार मरहट्ठाले यसअघि द होप र मिडिया इन मास पुस्तक लेखेका थिए । उनी मेस द म्यान एट बार्सा डकुमेन्ट्रिका निर्दशक पनि हुन् ।
![Image may contain: 3 people, people smiling, people standing](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/60345915_10157376924353793_7307820209136467968_n.jpg?_nc_cat=103&_nc_eui2=AeEBDxQrZY6u9_nhJdW24hH6K6_oxdCPUyr9pYebFodoX7Z6y9feS7sz3urBOo6VV7JIkG7UXpup1XId_1DS--2yZ4hegEGsfHTkVRk2CVwFNA&_nc_ht=scontent-sjc3-1.xx&oh=aadea6b265e94049306daf6ebc6881c0&oe=5D50D54D)
अध्यक्ष डा. पौडेल सम्मानित :
सो अवसरमा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेललाई नेपाली डायोस्पारामार्फत समुदायको हितमा सक्रिय रहेको भन्दै क्यालिफोर्निया राज्य विश्वविद्यालय, लङ्गविचको तर्फबाट बिशेष सम्मान प्रदान गरिएको थियो ।