२०८१ फागुन ४ गते | 16th of February 2025

अमेरिकामा निर्मित नेपाली चलचित्र – संयोग

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १ गते १०:०९

न्यूयोर्क – न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा केही हप्ता अगाडी अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र ‘संँयोग’को प्रेमियर शो भव्यताकासाथ सुसम्पन्न भयो । प्रेमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत श्री पुष्पराज भट्टराइले कम्प्युटरको किबोर्ड थिचेर गर्नु भएको थियो । अमेरिकी बसाई बेफुर्सदिलो हुंँदाहुँदै पनि बिशाल हल नभएको कारणले दुई शो देखाउन बाध्य हुनुपरेको थियो ।

हाम्रो सिर्जना, हाम्रो मेहनत तथा हाम्रो भाषासाहित्य, कला, संस्कृतिलाई माया गरेर आफ्नो अमूल्य समय छुट्याएर यहाँ उपस्थित भइ दिनु भएकोमा उपस्थित सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरुलाई स्वागत गर्दै चलचित्र निर्मात्री तथा साहित्यकार श्री गीता खत्रीले सबै कलाकार मित्रहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभयो । उक्त अवसरमा सबै कलाकारहरुलाई प्रशंसापत्र दिइएको थियो । महाबाणिज्यदूत श्री पुष्पराज भट्टराईले विदेशमा बसेर आफ्नो कामका तल्लीन हुंँदाहुदैपनि नेपाली चलचित्रको निर्माण गर्न भ्याउनु आफैमा ठूलो कुरा हो । यसमा संलग्न सबैलाई धन्यवाद दिनै पर्छ र अझ राम्रा चलचित्र हेर्न पाइयोस भन्दै शुभकामना दिनुभयो ।

चलचित्रमा अभिनय गर्ने कलाकारहरु न्यूयोर्क र पेन्सिलभानिया स्टेटका बासिन्दा हुनुहुन्छ । नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्ने र उनिहरुलाई आफ्नो सिप देखाउने अवसर प्रदान गर्नु पनि योचलचित्र निर्माणको उद्देश्य हो । साथै नारीको त्याग र बलिदानबाट पारिवारिक सुख सम्बृद्धि प्राप्त गर्न सकिन्छ भनेर समाजका लागि एउटा सन्देश पनि यो चलचित्रले बोकेको छ । चलचित्रको कथा बस्तु गीता खत्रीको कथा संँयोगबाट लिइएको छ भने यसका निर्देशक श्री ओम कर्माचार्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *