लस एन्जलस – चौथो नेपालीज अमेरिकन कन्भेन्सन लस एन्जलसमा हुन गैरहेको छ । आगामी जुलाई ५ – ७ तारिखसम्म लस एन्जलसको ‘लंगविच मेरिअट होटेल’मा सम्पन्न हुन गईरहेको चौथो नेपलीज अमेरिकन कन्भेन्सन तयारीको अन्तिम चरणमा पुगेको छ । हिमालयन हेल्पिङ्ग हेन्डस, लस एन्जलसको सहकार्यमा सम्पन्न हुन गैरहेको एफ वन ग्रुप – लस एन्जलसको यो चौंथो सम्मेलनमा यसपाली चर्चित पुर्व प्रहरी डिआईजी रमेश खरेल, अर्थविद एवम अमेरिकाका लागि पुर नेपाली राजदुत डा. शंकर शर्मा र नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवानेता प्रदिप पौडेलको सहभागीता रहने एफओन ग्रुपका संयोजक विश्व सुवेदीले बताएका छन ।
युवा वर्गलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको जनाउने संयोजक सुवेदीकानुसार ३ दिनसम्म संचालन हुने सम्मेलनमा प्रथम नेपाल आईडलका चर्चित गायक सागर आले सहित लोक गहेक बसन्त थापा, लक्ष्मी मल्ल र डान्सर रमेश थापा नेपालबाट कार्यक्रममा भाग लिने लस एन्जलस आउने तयारी मा छन् । 
एफ वन ग्रुपको बार्षिक कार्यक्रममा युवा प्रोफेसर एवम पर्यटन दूत रामेश्वर भण्डारी कन्भेनर बनेका छन भने चौथो सम्मेलनको सभापतित्व हिमालयन हेल्पिङ्ग हेन्डसका सभापति ब्यवसायी कपिल अधिकारीले गर्नेछन ।
नेपालबाट आउने पाहुनहरुकोसंगको फोरम लगायत फुटबल, भलिबल, बास्केटबल, क्रिकेट खेलहरु समावेश छ । कार्यक्रमको हरेक साँझ संस्कृतिक कार्यक्रमको साथमा डी जे नाईट पनि आयोजना हुने संयोजक सुवेदीले बताए ।

