२०८३ भदौ २४ गते | 9th of September 2026

शृजनाका फूलहरु

खुल्लामन्च
 प्रकाशित: २०७६ असार १० गते ८:५०

-ईम राना मगर “उजाड “
गोरखा/हाल – प्रबास

घाम भै उज्यालो दिनआफै पनि जल्नु पर्छ,
परिबर्तनको लागि दुईचार सपूत ढल्नु पर्छ।
नेपाल आमाका सन्तान हामी सबै बराबरी,
फूटेर होईन जुटेर देशको मुहार बदल्नु पर्छ।

अरुको दिमाग नचाटे खाको पच्दैन यहाँ,
नाना-थरी कुरा नकाटे खाको पच्दैन यहाँ ।
दिन – दिनै मानबता लिलाम भैरहेको बेला,
षड्यन्त्रको डाेरी नबाटे खाको पच्दैन यहाँ ।

ढोकामा चुकुल लगाई सुस्तरी आऊ तिमी,
आमालाई काम सघाई सुस्तरी आऊ तिमी ।
तिम्रै ब्यग्र -प्रतिक्षामा रहन्छु बिछ्याउनामा,
घर-धन्दा खाना पकाई सुस्तरी आऊ तिमी ।

म भने हल्का तिमी धेरै आत्तिएकी थियौ,
बैशाख – जेठको धूप झै तातिएकी थियौ ।
न तिमी बोल्यौ न म बोल्न सके त्यो रात,
निस्वासमा पनि निक्कै मात्तिएकी थियौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *