२०८१ वैशाख २३ गते | 5th of May 2024

वाचनप्रविण पन्डित दिनबन्धु पोखरेललाई अमेरिकामा मानार्थ नागरिकता

खुल्लामन्च
 प्रकाशित: २०७६ असार १४ गते १८:२७

निदेश अधिकारी/ भर्जिनिया – वाचनप्रबिण पन्डित दिनबन्धु पोखरेललाई भर्जिनियाको सिटी अफ हरण्डनले मानार्थ नागरिकता प्रदान गरेको छ । एउटा अन्तर्बार्तामा बोल्दै दिनबन्धु पोखरेलले अमेरिकी सरकारको एउटा निकायले मानार्थ नागरिकता प्रदान गरेको प्रति आफु अत्यन्तै खुसी भएको बताउनु भएको छ । हाल अमेरिकामा रहेका पन्डित पोखरेललाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो।

अमेरिकी ईतिहासमा अहिलेसम्म कोही नेपालीलाई पनि यो सम्मान प्रदान गरिएको थिएन । पुर्वीय दर्शनलाई संसारभर फैलाउन महत्वपुर्ण भूमिका खेले बापत तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उहांलाई मानार्थ नागरिकता पेरदान गरिएको बुझिएको छ ।

पण्डित पोखरेलले अमेरिकी सरकारले प्रदान गरेको यो मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताउनुभएको छ । ‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन । अमेरिकी भूमिमा सेवा गरेबापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक मलाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस्’ उहांले बताउनुभयो ।

पन्डित पोखरेललाई प्रदान गरिएको मानार्थ नागरिकताबारेको प्रमाणपत्रमा हर्नडन टाउन काउन्सिलका सदस्य प्रदीप ढकालको हस्ताक्षर रहेको छ । ढकाल सो नगरका नेपाली मूलका अमेरिकी जनप्रतिनिधि हुनुहुन्छ ।

पन्डित दिनबन्धु पोखरेल डीसी मेट्रो एरियामा बन्न लागेको सामूदायिक भवन निर्माणकालागि दान संकलनार्थ हुदै आईरहेको सप्ताहका लागि हाल अमेरिकामा हुनुहुन्छ । अमेरिकापछी पन्डित पोखरेलको क्यानाडामा आयोजना हुने सप्ताहका लागि प्रस्थान हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *