ईम राना मगर ‘उजाड’ /साउदी अरब – साउदी अरबको राजधानी रियाद स्थित बथा शहरको रमाद होटेलको सभाहलमा ऐतिहासिक पहिलो बृहत् गजल बाचन मेहफिल सम्पन्न भएको छ। विभिन्न सामाजिक संघ सस्था राजनीतिक पार्टीका भातृ सङ्गठनका पदाधिकारी , समाज सेवी डिएक्सन परिबार तथा बिशिस्ट पाहुनाहरुको उपस्तिथिमा साहित्य चौतारी नेपाल शाखा साउदी अरब र अन्तरास्ट्रिय साहित्य समाज च्याप्टर शाखा साउदी अरबको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम सन्चालक दोय साहित्य चौतारीका महासचिव घनस्याम तिवारि घायल तथा अनेसा च्याप्टरका महासचिव अरुण बेलबासेले गर्नु भएको थियो।![](http://www.khullaManch.com/wp-content/uploads/2019/07/arab-3.jpg)
एघार जना सर्जकहरु द्वारा क र ख समूह बाट दुई दुई चरणमा पच्पन्न गजल बाचन भएका थिए । लाल इन्टटेन्ड ,पि टि अनलाईन , मेरो नेपाल तथा अन्य मिडियाकर्मीहरुबाट कार्यक्रमको छायांकन गरिएको थियो । सहभागी सर्जकहरुको आफ्ना गजल रचनामा देशको परिस्थिति बिसङ्गती बिछोड बाद्यता प्रेम प्रकृति यौन र जीबनको बारेमा निक्कै घतलाग्दा शेरहरुले सभाहल तालीको गड्गडाहटले गुन्जयमान भएको थियो। कार्यक्रमको बीच र अन्त्यतीर गायक नगेश तामाङ्ग तथा अर्का लोकप्रिय गायक रबिन सुब्बा फत्रको सुमधुर आबाजले गुन्जयनान भएको थियो ।
![](http://www.khullaManch.com/wp-content/uploads/2019/07/arab-2.jpg)
पाश्चात्य सङ्गीत र साहित्यले ओगट्न लागि सकेको हाम्रो नेपाली भाषा धरापमा परिरहेको अबस्थामा बिदेशी भूमीमा रहेर पनि आफ्नो नेपाली भाषा साहित्यका मुर्धन्य ब्यक्तित्व आदकबि भानु भक्त आचार्यको जन्म जयन्ती मनाउन पाउनु आफैमा गर्बको कुरा हो ।सन्सारको जुनसुकै भूगोलमा रहे पनि भाषा साहित्य कलालाई जगेर्ना गर्नु हामी सबैको कर्तब्य हुन आउँछ।हाम्रा अग्रज हुनुहुथ्यो र त हामी छौ , हामी छौ र त भाबी सन्ततीले हाम्रो बाटो पछ्याउने छन ।
साहित्य चौतारी नेपालका संरक्षक तथा बिश्व साहित्य महासंघका सदस्य लाल बहादुर क्षेत्री बगाले ज्यूलाई बिदाई गर्दै सभापतिबाट कार्यक्रम समापन भएको थियो।![](http://www.khullaManch.com/wp-content/uploads/2019/07/arab-1.jpg)