काठमाडौं – लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित एक बिशेष कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं संचारकर्मी रामप्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि इयरको अवार्ड प्रदान गरिएकोछ । साढे तीन दशक यता गीत संगीत, कलाकारिता, पत्रकारिता र साहित्यका क्षेत्रमा स्वदेश तथा बिदेशमा जहाँ रहँदा पनि वहाँले दिनुभएको योगदान को उच्च कदर गर्दै वहाँलाई स्टार अफ द इयर पुरस्कार प्रदान गरिएको कुरा कार्यक्रम मा घोषणा गरियो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अग्रज हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र बसुन्धारा भुसाल, चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतका बिशिस्ट अतिथिहरुले खनाललाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री खनालले आफुले रामप्रसाद खनाल सहितका बिशिस्ट कलाकारहरुलाई सम्मान र पुरस्क्रित गर्न पाउँदा आफु हर्सित भएको बताउनु भयो । वहाँले कला र सँस्क्रिती देशका गहना भएको बताउनुभयो ।
स्टार ईन्टरनेशनल अवार्डको उत्कृष्ट टप ३ मनोनयन प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रष्टाहरु मध्येबाट ६७ विधामा उत्कृष्ट टप ३ को मनोनयन पत्र एवं सम्मान प्रदान गरिएको थियो । नेपालका विशिष्ट अतिथीहरु चलचित्र बिकास वोर्डका अध्यक्ष केशव भट्राई, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,बरिष्ठ अभिनेत्री बसुन्धारा भुषाल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल, बरिष्ठ नायक सरोज खनाल, बरिष्ठ गायक आनन्द कार्की, बरिष्ठ कलाकार किरण केसी, बरिष्ठ गायिका ज्ञानु राणा,बरिष्ठ गीतकार डा.कृष्ण हरि बराल, वरिष्ठ गायक सिताराम पोख्रेल सर्लाही जिल्ला नेकपा अध्यक्ष रेवती पन्त लगायतको हातबाट उक्त मनोनयन पत्र तथा मेडल प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा स्टार ईन्टरनेशनल अवार्ड आयोजनाका लागी उल्लेख्य भूमिका खेल्ने अच्यूत सुवेदी , अमेरिकामा रहेर कला क्षेत्रमा सक्रिय नायक एवं मोडल रिसब पोखरेल आयोजक स्टार अफ किङ्गका प्रमुख मुनीर अव्दुल रहमान कान्डोथ तथा वरिष्ठ कानूनी सल्लाहाकार एवं स्टार ईन्टरनेशनल अवार्डका संयोजक नासिर अव्दुल रहमान लाई अवार्डका नेपाल संयोजक पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टबाट सम्मान गरिएको थियो ।
आगामी अगष्ट १२ का दिन ईदका अवसरमा कतारको दोहा स्थित भव्य हल रिजेन्सी हलमा आयोजना हुने उक्त अवार्डका लागी उत्कृष्ट टप ३ सम्मान ग्रहण गर्न मनोनयनमा पर्ने चर्चित कलाकारहरुको बाक्लो उपस्थितीले हल खचाखच भरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी झलनाथ खनालले यसरी विदेशी आयोजकले नेपाली कलाकारहरु प्रति देखाएको यस किसिमको अन्तराष्ट्रिय सम्मान प्रति आयोजक एवं कार्यक्रम संयोजन गर्ने आयोजक टिम प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो भने यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।
कतार, कुवेत, यु.ए.ई लगायत गल्फका देशहरुमा आफ्ना व्यापार व्यवसाय विस्तार गरि सयौ नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै आएको र नेपाली कलाकारितालाई माया गर्ने संस्था स्टार अफ किङ्गसले नेपाली मनोरन्जन ईतिहासमा पहिलो पटक अवार्डका लागी टप ३ बाट छनौट भएका विजेता कलाकारलाई अन्तराष्ट्रिय अवार्ड वितरण गर्नुका साथै वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल,वरिष्ठ कलाकारहरु निरु खड्का, जानुका प्याकुली, नायक श्रीदेव भट्राई, समाजसेवी तिल बहादुर कार्की, गोकर्ण लामीछाने ,महिला व्यबसायी सुशिला थापा, संचारकर्मी गीता अधिकारी, लगायत कतारमा रहेका केहि विशिष्ट स्रष्टालाई सम्मान गर्न लागेको हो ।
लामो समयदेखि नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गर्दै लोकप्रिय संचारमाध्यम समेत संचालन गर्दै आईरहेको पेजेन्ट नेपाल तथा अरोमा इन्टरटेनमेन्टले संयोजन गरेको उक्त कार्यक्रममा करीब १५०० जना नेपाली, भारतीय तथा कतारी दर्शकको उपस्थितीमा नेपालका चर्चित कलाकारहरुको मनोरन्जनात्मक कार्यक्रम समेत रहने छ ।
कतारको प्रतिष्ठित अन्तराष्ट्रिय बहुर्राष्ट्रिय संस्था स्टार अफले आयोजना गर्न लागेको स्टार ईन्टरनेशनल अवार्डको टप ३ मनोयन सार्वजनिक भएको छ । नेपाली कला संस्कृतिको जगेर्ना तथा सांगितिक स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले पहिलो पटक नेपाली कला र कलाकारहरुलाई अन्तराष्ट्रिय प्रर्वद्धन र विस्तार गर्ने हेतु अगष्ट १२, २०१९ मा रिजेन्सी हल्स दोहा कतारमा ‘स्टार इन्टरनेशनल अवार्ड–२०१९’ को लागि उत्कृष्ट टप ३ सार्वजनिक गरिएको हो । असार ३१ गते सम्म फाराम भरी आवेदन दिएका विभिन्न विधाका स्रष्टा, सर्जकहरु मध्ये उत्कृष्ट टप ३ मा पर्न सफल श्रष्टाहरुको सम्मान आउदो श्रावण ४ गते होटल लि हिमालय(ग्याङ्गजोङ्ग),लाजिम्पाटमा स्टार ईन्टरनेशनल अवार्डका आयोजक टिम तथा नेपालका विशिष्ट व्यक्तित्वबाट प्रमाण पत्र तथा मेडल वितरण गरिने जानकारी आयोजकले दिएको छ ।
प्रमुख अतिथी पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विशेष अतिथीहरु वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, चलचित्र विकास वोर्डक अध्यक्ष केशव भट्राई, वरिष्ठ गायिका एवं नेकपाकी सांसद कोमल वली, वरिष्ठ कलाकार बसुन्धारा भुषाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ गायक रामप्रसाद खनाल, वरिष्ठ नायक सरोज खनाल, वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ रचनाकार डा.कृष्णहरि बराल, संगीतकार आलोकश्री, गीतकार शान्ती प्रिय वरिष्ठ कलाकारहरु किरण केसी, शिवहरि पौडेल,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल लगायत कतार आयोजकको तर्फबाट मुनीर अव्दुल रहमान कान्ठोठ तथा अवार्डका वरिष्ठ कानूनी सल्लाहकार नासिर अव्दुल रहमान लगायतको उपस्थितीमा नेपाल भरबाट छानीएका विभिन्न विधामा टप ३ मा पर्न सफल व्यक्तित्वहरुको सम्मान कार्यक्रम राखीएको छ ।
कतार, कुवेत, यु.ए.ई लगायत गल्फका देशहरुमा आफ्ना व्यापार व्यवसाय विस्तार गरि सयौ नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै आएको र नेपाली कलाकारितालाई माया गर्ने संस्था स्टार अफ किङ्गसले नेपाली मनोरन्जन ईतिहासमा पहिलो पटक अवार्डका लागी टप ३ बाट छनौट भएका विजेता कलाकारलाई अन्तराष्ट्रिय अवार्ड वितरण गर्नुका साथै वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल,वरिष्ठ कलाकारहरु निरु खड्का, जानुका प्याकुली, समाजसेवी तथा नायिका शान्ता तामाङ्ग, नायक श्रीदेव भट्राई, समाजसेवी तिल बहादुर कार्की, गोकर्ण लामीछाने ,महिला व्यबसायी सुशिला थापा, संचारकर्मी गीता अधिकारी, लगायत कतारमा रहेका केहि विशिष्ट स्रष्टालाई सम्मान गर्न लागेको हो ।
लामो समयदेखि नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गर्दै लोकप्रिय संचारमाध्यम समेत संचालन गर्दै आईरहेको पेजेन्ट नेपाल तथा अरोमा इन्टरटेनमेन्टले संयोजन गरेको उक्त कार्यक्रममा करीब १५०० जना नेपाली, भारतीय तथा कतारी दर्शकको उपस्थितीमा नेपालका चर्चित कलाकारहरुको मनोरन्जनात्मक कार्यक्रम समेत रहने छ ।