-अर्जुनराज पन्त
लुतो फाल्न पाको छैन तीज पो शुरु भयो,
हेरेनन कि क्यालेन्डर कि चाड नै आघि गयो ।
जन्मास्टमी आएसंगै तीज पो लाउथ्यो पहिले,
यति चाडै आउन थाल्यो के भएर अहिले ।
जन्मेकी खै अर्का कृष्ण असारैमा फेरि,
मनायौ कि तीजलाई फेरि त्यहि तिथिलाइ हेरी ।
टोल छिमेकमा पार्टी चले गीत नि गाइसके,
फेसबुक र मिडियामा तिनै छाइ सके ।
असारे गीत सुन्ने याममा सुन्छु तीजका गीत,
उल्टीयो कि कोल्टो पर्यो चाडबाडको रीत ।
बिराला र पिराला रे गीत नि कस्ता कस्ता,
क्यारी होला सुन्नी हेर्नि परिवारमा बस्दा ।
उमेर हदको सिमा तोक तीजका गीतमा पनि,
बयश्कले मात्र हेर्नु तीजको यो गीत भनि ।
सँस्कृति कि बिकृति हो चिन्न गारो आज,
पहिरन पनि उस्तै अझै छैन सरम लाज ।
काँहा गए तने चोली कठै आज भोलि,
अाैतारी त्याे टालो लाछन् पिठ्यु पुरै खोलि ।
त्यत्रो छाती ढाक्न कठै चार अंगुलको टालो,
बाक्लो हो र त्यहि नि अझ माकुराको जालो ।
तीजका पार्टी कति कति खाने चिज नि अति,
माशु माथि मदिरा छ पिउन सके जति ।
तीजको दरमा आज कठै आयो माशु जाँड,
तीज हो कि हो यो कतै गहनाको चाड ।
खुवाउन भनि जानै पर्ने चेलीबेटी लिन,
आज आयो अर्को घाँडो तिन्लाइ पुय्राई दिन ।
मदिरामा लट्ठीएका लड्लान कतै भनि,
घरै लगी बुझाउ तिन्लाइ अर्को जिम्मा पनि ।
गहनाको प्रदर्शनी धाकको प्रतिश्पर्धा,
आफ्नै ज्यानलाइ जोखिम परि चोरलाई निम्ता गर्दा ।
काँहा जाँदो हो बुद्दि बिबेक पढेकै को पनि,
तीज लाएसि मेसै पाउनन्न के ले अन्धो बनि ।
के आनन्द दिन्छ त्यसले के नै राम्रो पार्छ,
लुटेराले लुट्न त्यहि ज्यानै पनि मार्छ ।
सजिला नि हुन् र अझ गहना नि कस्ता,
तीखा चुच्चा उम्रिएका बनका काँडा जस्ता ।
पिठ्यु ढोक्ने टालो छैन छड्के पोते क्यार्नि,
घुडा सम्मै लत्रिएको क्यारी होला स्यार्नी ।
कुन मन्तरको जन्तर हो त्यो लायौ तिम्ले अनि,
त्यो लाएसी छुट पाइन्छ कि जे गरेनी भनि ।
झुम्का पनि अचम्मैका रामलीलाका अरे,
तिम्रो लिला देखेर कि राम नि दङ्ग परे ।
(व्यंग्य कवि पन्तको खण्डकाब्य कोईली छिट्टै बजारमा आउदै छ)