भर्जिनिया – अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १५ तारिख आइतबार अमेरिकाको वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति “बसन्त” को अमेरिका लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने “विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला” आयोजना गरिएको छ ।
कार्यक्रममा चौधरी स्वयम पनि सहभागी हुनुहुने छ र वहाँले करिब एक घण्टा वहाँका चर्चित कविताहरु बाचन पनि गर्नुहुने छ ।
वहाँलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका तर्फ बाट नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको क्षेत्रमा वहाँले पुर्याउनुभएको बिशेष योगदानको ऊच्च कदर गर्दै अभिनन्दन समेत गर्न लागिएको आयोजक दुबै संस्थाका अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । स्मरण रहोस अमेरिकामा आउने नेपालका कवि, कलाकार, साहित्यकार, लेखक, समाजसेबीहरुलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाले यस अघी पनि यसरीनै सम्झिँदै आइरहेकाछन ।

आयोजक दुबै संस्थाका अध्यक्ष रामप्रसाद खनालका अनुसार कार्यक्रम वाशिङ्गटन डिसी नजिकै भर्जिनियाको मनासस शहरको बेस्ट वेस्टर्न ब्याटल फिल्ड इन होटेलमा सेप्टेम्बर १५ तारिख बेलुकी ५ बजे तय गरिएकोछ । जसमा वाशिङ्गटन डिसी वरपर रहेका प्रबुध्द नेपाली समुदायको सहभागिता रहनेछ । वहाँका अनुसार कार्यक्रमको नाम “बसन्त लोकार्पण तथा विश्व काब्य यात्रा, भर्जिनिया श्रृंखला” राखिएकोछ ।
नेपाली भाषा, साहित्य, कला र सँस्कृतीका योध्दा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति “बसन्त” को अमेरिका लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने “विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला” कार्यक्रम प्रबासमा एउटा कोशेढुङ्गा साबित हुने कुरामा आफु बिश्वस्त रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका कोसाध्यक्ष एबम सँस्कृतीबिद भूपनारायण घर्तिमगर बताउनुहुन्छ ।
आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाले वाशिङ्गटन डिसी र वरपर रहनुभएका नेपाली समुदायलाई कार्यक्रममा निमन्त्रणा गर्दै उक्त दिनका लागि क्यालेन्डर मार्क गर्न र सो दिन जुध्ने गरी कुनै कार्यक्रम नराखिदिनुहुन पनि सम्बन्धित सबैमा बिनम्र अनुरोध गरेको छ ।
बसन्त चौधरी नेपालको ब्यापारीक, ब्यबसायिक घराना चौधरी ग्रुपका एक हस्ती, नेपालकै गौरब मात्र होइन वहाँ सिध्दहस्त अत्यन्त राम्रा कवि, साहित्यकार र गीतकार पनि हुनुहुन्छ । चौधरी ग्रुप जस्तो विश्व प्रसिद्ध नेपाली कम्पनी, ब्रान्डका एक हस्ती वहाँको बहुमुखी प्रतिभालाई छिचोल्दै जाने हो भने धेरै गहिराइसम्म पुग्नुपर्ने हुन्छ । जसको परिचय होस् भनेर तल केही सान्दर्भिक सामाग्रीहरु पनि राखिएका छन हेर्न सक्नुहुन्छ:
Please See Detail About Basant Chaudhary :
https://www.facebook.com/basantchaudhary1957