गोकुल ढकाल, लस एन्जलस, ३१ मे । साउदर्न क्यालिफोर्नियाको आर्टेसियामा एक समारोहका बिच बाणिज्यदुतबाट महावाणिज्यदूतमा पदोन्नति हुनुभएका ऋषि ढकाल र उहांकी धर्मपत्नी बिमला ढकाललाई एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर लगायतका स्थानीय सङ्घ-संस्थाहरूले एक समारोहका बिच सम्मान गरेका छन् ।
डि सी मेट्रो एरिया-बाल्टिमोर र पेनेसेल्भेनिया राज्यका लागि अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महतको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिको रुपमा भर्खरै पदोन्नती भएका महाबाणिज्यदूत ऋषि ढकाल, अमेरिकाको लागि नेपाली दूतावासका द्दितिय सचिव चक्र सुबेदी, आर्टेसिया सहरका मेयर अलि साजाद ताज, पर्यटन दुत रामेश्वर भण्डारी, एनआरएन आइसीसी सदस्य दिल बहादुर श्रेष्ठ, एनआरएन अमेरिकाका सल्लाहकार तथा फ्रेन्ड्स अफ नेपालका अध्यक्ष मुकुन्द ढुंगाना, समाजसेवी बेदभक्त जोशी, प्रजातान्त्रिक योद्दा गणेश बहादुर कार्की रहेका थिए । समुदाय तर्फबाट आयोजित कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका कोशाध्यक्षले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो समारोहमा प्रमुख अतिथि प्रेमराजा महाबाणिज्यदुत प्रेमराजा महतले भर्खरै नेपाल सरकारद्दारा महाबाणिज्यदुतमा पदोन्नती भएका ढकाललाई सम्मान गर्न पाउंदा खुशी लागेको बताउंदै मायाको चिनोस्वरुप नेपालको झन्डा उपहार प्रदान गराउंदै लस एन्जलसमा नेपाली समुदायको एकताको प्रशंशा गर्नुभएको थियो । बिशेष अतिथि महाबाणिज्यदुत ढकालले लस एन्जलस नेपाली समाजले प्राप्त गरेको नेपाल सरकारको कन्सुलेट अफिस ठुलो सफलता भएको बताउंदै आफु राजदुतावास, कन्सुलेट अफिस र नेपाली समाजसंग सहकार्य गर्दै यो क्षेत्रका नेपालीहरुको स्तोरोन्नतीका लागी हरदम लागिपर्ने बताउंनुभयो । ‘यो समाजले दिएको सम्मान खेर जान दिने छैन’ ढकालले बताउनुभयो । आर्टेसिया नगरका मेयर अलि साजाद ताजले नेपाली समुदायसंगको सामिप्यताले आफुलाई खुशी लागेको बताउंदै महाबाणिज्यदुत ढकाललाई आर्टेसिया नगरको तर्फबाट सम्मान पत्र प्रदान गराउनुभएको थियो ।
कार्यक्रममा पर्यटनदुत एवम पशुपतिनाथ फाउन्डेशनका सचिव रामेश्वर भन्डारीले सम्मानित महाबाणिज्यदुतको जीवनी र सफलताको बारेमा उल्लेख गर्दै सहपाठी मित्रको यो सफलताले गौरवान्वित बनाएको बताउनुभएको थियो । नेपाली दुतावासका द्दितिय सचिव चक्र सुवेदीले अमेरिकामा नेपाली समाजका हरेक समस्यामा दुतावास समाधान तर्फ लागिपरेको र सहकार्य दुतावासको सिद्धान्त भएको बताउनुभयो । श्रीपशुपतिनाथ फाउनडेसन युएसएका अध्यक्ष एवम आर्टेसिया नगरका प्लानिङ्ग कमिस्नार भक्त थापाले प्रवासी नेपालीहरुको हित र उत्थानका लागि अझ बढी काम गर्न महाबाणिज्यदुत ढकाललाई शुभकामना दिनुभएको थियो ।
नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाका पूर्व सचिव एवम हिमालीपोस्ट डट कमका प्रधान सम्पादक पत्रकार सुदिप पन्तले महाबणिज्यदुत ढकालको कार्यकौशलता र समाजप्रतिको संसर्गको प्रशंशा गर्दै उहांलाई अझ बढी प्रजातान्त्रिक बन्न सुझाव दिनुभयो । ‘गर्विलो लस एन्जलसमा हामी पत्रकार साथीहरुविच सहकार्य र विश्वाश छ, राजनीति होईन’ पन्तले बताउनुभयो । गणेश – तिर्था फाउनडेशनकी अध्यक्ष एवम एनआरएन अमेरिका निर्वाचनको उपाध्यक्ष पदकी उम्मेद्वार उमा कार्की थापाले महाबाणिज्यदुत ढकाल र समानित पत्रकारहरुलाई बधाई दिदैं लस एन्जलस नेपाली समुदायको एकता अझ प्रगाढ बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । एनआरएन आईसिसी सदस्य दिल श्रेष्ठले महाबाणिज्यदुत ढकाललाई शुभकामना दिदैं सम्मानका यस्ता कार्यहरुले सामाजिक सद्भाव बढाउने बताउनुभयो ।
पत्रकारहरुलाई सम्मान :
कार्यक्रममा लस एन्जलसलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने संचारकर्मीहरुलाई सम्मान गरिएको थियो । NEPAL24HOURS.COM का प्रधान सम्पादक पुरुशोत्तम ढकाल, हिमालीपोस्ट डट कमका प्रधान सम्पादक सुदिप पन्त, खुल्लामन्च डट कमका प्रधान सम्पादक गोकुल ढकाल, मेरोखबर डट कमका सम्पादक उपेन्द्र न्यौपाने, हिमालखबरका सम्वाददाताद्वय डोल्मा लामा र शंकरराज वाग्ले, बिआरटीनेपालका प्रबन्ध निर्देशक तथा सम्पादक राम लामा र समुदाय मासिकका सम्पादक युवराज खनाललाई डायोस्प्यारा, बिशेषत: लस एन्जलस नेपाली समुदायका कृयाकलापहरुबारे सु-सुचित गरी योगदान प्रदान गरिएको बिषयमा सम्मनित गरिएको थियो ।
एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर, श्रीपशुपतिनाथ फाउनडेसन युएसए, नेपाल अमेरिका एकता समाज, नेपाली जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टर, प्रवासी नेपाली मञ्च-क्यालिफोर्निया राज्य समिति, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टर, अमेरिका नेपाल सोसाइटी, बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्निया, गुरुङ समाज, तामांग सोसाइटी अफ क्यालिफोर्निया, मगर समाज क्यालिफोर्निया, ब्लड डोनर्स एसोसिएसन क्यालिफोर्निया च्याप्टर, बौद्धिक संसार शैक्षिक प्रतिष्ठान, अमेरिका नेपाल चेम्बर अफ कमर्स, एफ वान ग्रुप, गणेश तिर्था फाउनडेशन लगायतका स्थानीय सङ्घ-संस्थाले शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो भने कार्यक्रम्को संयोजन एनआरएन, अमेरिका क्यालिफोर्निया च्याप्टरले गरेको थियो ।
शुभकामना तथा सम्मान कार्यक्रममा बौद्धिक संसार शैक्षिक प्रतिष्ठानका अध्यक्ष बलराम थापा, नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय सदस्य तथा प्रचार बिभाग प्रमुख गोकुल ढकाल, नेपाल अमेरिका एकता समाजका अध्यक्ष सुर्य प्रसाईं, बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामा, एएनएसका अध्यक्ष चिरन्जीवी गौतम, गणेश तिर्था फाउनडेशनकी अध्यक्ष उमा कार्की थापा, नेपाली जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन पाठक, प्रवासी नेपाली मञ्च-क्यालिफोर्निया राज्य समितिका अध्यक्ष विजय कटुवाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कोषाध्यक्ष शान्तिराम ढकाल, गणेश तिर्था फाउनडेशनकी अध्यक्ष उमा कार्की थापा, एएनए अमेरिकाका पूर्व अध्यक्ष डा. शम्भु ढुंगाना, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि एकराज पाण्डे, NWGN क्यालिफोर्निया च्याप्टर अध्यक्ष अमृता गैरे, गुरुङ समाज अध्यक्ष ज्ञानेन्द्र गुरुङ, तामांग सोसाइटी अफ क्यालिफोर्निया अध्यक्ष टेक लामा, ब्लड डोनर्स एसोसिएसन क्यालिफोर्निया च्याप्टर अध्यक्ष एकदेब शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टर अध्यक्ष डन बहादुर कार्की, एफ वान ग्रुप अध्यक्ष विश्व सुबेदी, मगर समाज अध्यक्ष बखान थापा, समाजसेवी नबिन पोखरेल, लक्ष्मी रानाभाट, शारदा श्रेष्ठ, अभियान्ता प्रेम गुरागाईं, बिमल श्रेष्ठ, तिलक कार्की, ईन्दिरा त्रिपाठी, कर्ण चन्द लगायत पत्रकारहरुको उपस्थिती थियो ।
एकता समाजका अध्यक्ष सुर्य प्रसाईंले संचालनका गर्नुभएको कार्यक्रमको सभापतित्व एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले गर्नुभएको थियो ।
फोटो : हिमालीपोस्ट