न्यूयोर्क – नेपालमा राष्ट्रिय पर्वको रुपमा मनाइने गाईजात्राको अवसरमा अमेरिकामा पहिलो पटक टुटुल्को डटकमले गाईजात्रा हास्यव्यङ्ग्य महोत्सव ’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सामाजिक एवं राजनैतिक समसामयिक विषयमा हास्यब्यंग्य ब्लगमार्फत सामुदायिक अनलाइन मिडिया संचालन गर्दै आइरहेको टुटुल्को डटकमको यो कार्यक्रम न्यूयोर्कलगायत अमेरिकाको नेपाली समुदायले प्रतिक्षा गरिरहेको बताइएको छ ।
यही अगष्ट १७ तारिख शनिबार दिनको ठिक २ बजे देखि ४ बजे सम्म न्यूयोर्कको १००–०१ नर्दर्न ब्लुभार्ड कोरोनास्थित क्विन्स पब्लिक लाइब्रेरीमा आयोजना हुने आयोजक ज्योतिकुमार श्रेष्ठले जानकारी दिए ।