डालस – आगामी अक्टोबर महिनामा आयोजना हुने एनआरएनए आईसिसीको ग्लोबल भेलाले निर्वाचित गर्ने नयाँ कार्यसमितिका लागि एनआरएनए अमेरिकाज क्षेत्रका आरसी गौरीराज जोशीले सचिव पदमा आफ्नो उम्मेद्वारी दिने भएका छन ।
![Image may contain: Gouri R Joshi, smiling, text](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/68447727_2856156754454847_2646273546002628608_n.jpg?_nc_cat=101&_nc_oc=AQmkJRed24VywnvfDHE_81ni6rWrt762IIU3WZa_xkoLg_gu0y4PNgncEGsM-BceStM&_nc_ht=scontent-sjc3-1.xx&oh=aa48a07a44405909c4724b540aec1a17&oe=5DCF23FD)
एनआरएनए अमेरिकाको नव-निर्वाचित कार्यसमितिको यो कार्यकालभन्दा अगाडी एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका जोशीले आफ्नो उम्मेद्वारीसंगै उत्साह र समर्थनको एउटा तरंग नै पैदा गराएका थिए । बढी मत भएका राज्यहरुमा जोशीको समर्थनमा अनौठो लहर संचार भएको थियो ।
तर एनआरएनए आईसीसीको तत्कालिक ग्लोबल कन्फेरेन्समा जोशी अमेरिकाज क्षेत्रको संयोजकको रुपमा निर्वाचित भए । एनआरएनए अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनमा उठेका विवाद मिलन गर्न विशेष भूमिका खेलेका जोशी अब आगामी ग्लोबल कन्फेरेन्समा आफु सचिव पदमा चुनाव लड्ने बताउंछन ।
![Image may contain: Gouri R Joshi, smiling, closeup](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/67302602_10162086525135322_342155550273830912_n.jpg?_nc_cat=105&_nc_oc=AQmRhBq5TYr7pZ20Pm7zeFxiaR4WQugg47LHZJk8fc8wx3xoYPakklUvMxyeJMK4_ow&_nc_ht=scontent-sjc3-1.xx&oh=40f247d8a69db8232fe7b0a4aca24b82&oe=5E1169E0)
बिगत दुई दशकदेखी अमेरिकामा बसोबास गर्दै आएका लम्जुङ्गमा जन्मिएका जोशी पेशाले प्रविधी ईन्जिनियर हुन । आफ्नै ब्यवसायमा सैंयौं नेपालीहरुलाई रोजगार र अवसर दिलाएका जोशी मनकारी सामाजिक अभियान्ता मानिन्छन । संगत गरेकाहरुलाई धोका होईन सेवा दिने स्वभावका जोशीले अमेरिकाज क्षेत्रीय संयोजक भएपश्चातको यो दुई बर्षमा केन्द्रसंग पनि राम्रो सम्बन्ध बनाउन सफल भएका छन ।![Image may contain: Gouri R Joshi, eyeglasses](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/36843245_2081396415228562_6138683257367035904_n.jpg?_nc_cat=106&_nc_oc=AQn5h-UmoD3ObI8knzpbjpd_hYmxQXtDLm8m04ZFrivBqxUlOMdShDV4ZqjN0CMWL2M&_nc_ht=scontent-sjc3-1.xx&oh=9134c6d1cc897e825a8a581d014c2541&oe=5DD3DF1A)
अमेरिकाबाट ग्लोबल सम्मेलनका लागि नेपाल जाने प्रतिनिधीहरुकै अविश्वास, असहयोग र अन्तर्घातले ठुलो एनसिसी भएर पनि आफ्नो हातमा नतिजा ल्याउन असफल एनआरएनए अमेरिकाले संसारभरका नेपालीहरुमा परिचित नाम गौरीराज जोशीको उम्मेदवारीले यसपाली अमेरिकाले आफ्नो पक्षमा नतिजा ल्याउने आश गरिएको छ ।