हंगेरी – हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई जना खेलाडी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । एक सय मिटर बटरफ्लाईमा शाहीद हम्जा शाहले तीन दशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । शाहले ०१.०१.२२ सेकेण्डस्को टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/69200414_917206825312580_6836044856561762304_n.jpg?_nc_cat=100&_nc_oc=AQngeTpwkicTABJLw8J-69ZZLyQxI6UKtCZSTckMVDKRfT_DI8KrxlyW7JiISpo_kVI&_nc_ht=scontent-sjc3-1.xx&oh=f531fa6b93ad77ed4f86f3ee30bcd4af&oe=5DD8C5B1)
यसअघि यो कीर्तिमान ०१.०३.४३ सेकेण्ड्सको टाइमिङमा आनन्द लेप्चाको नाममा थियो । लेप्चाले यो कीर्तिमान सन् १९८९ मा बनाएका थिए । त्यस्तै एक सय मिटर ब्रेस्ट स्टोकमा विद्या संस्कार स्कुलमा कक्षा १० मा अध्ययनरत अदिप्सा वैद्यले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । वैद्यले ०१.२३.८९ सेकेण्डस्को टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/69438051_370406447188940_5619258897660379136_n.jpg?_nc_cat=106&_nc_oc=AQk25rLo7s5TiuyUGX8JVAi09213G5oDSuKUtAxM7lP1O6bJFliBBxT2s8mnGFlivb0&_nc_ht=scontent-sjc3-1.xx&oh=0d96f82397511d0b3121b58d5419aade&oe=5E12E819)
महिलातर्फ टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाइरहेका छन् । प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन् । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/68700450_2427174744033033_8576273293168869376_n.jpg?_nc_cat=102&_nc_oc=AQlLbOuD-RTGAAe7YCvx6NFfdyef8PM9pK_O8of4riwvSvmxo-iz8hl5-jfe9f8KoSM&_nc_ht=scontent-sjc3-1.xx&oh=1e16ad07b0ab497442acc49437ea03e5&oe=5DC8CF04)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/69065267_329695127742154_6185198311528464384_n.jpg?_nc_cat=107&_nc_oc=AQkjMzGG5L7rSxKu_q8tHcsYNDqxVEljbRFGlZvs_EgIcZORr5NJtv0VfbHzJGl8JW8&_nc_ht=scontent-sjc3-1.xx&oh=2c4187967e3efa892ca982942be066f2&oe=5DD810DC)
यसअघि यो कीर्तिमान ०१.२५. ८२ सेकेण्डस्को टाइमिङमा टिसा शाक्यको नाममा थियो । अगष्ट २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौति प्रस्तुत गरिरहेका छन् । प्रतियोगितामा सहभागी हुने पुरुष पौडीबाजहरुमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल रहेका छन् ।
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/68621501_962359437459370_1813759380521222144_n.jpg?_nc_cat=101&_nc_oc=AQn1IZLIWG6XeLGpfpTVF19ECTWQ0W0RRQ0mhfvmRfUw497JGhEcORiMBXjqlmvptKs&_nc_ht=scontent-sjc3-1.xx&oh=2f061ac45e9ca53d89f2ffdaea3947b0&oe=5E0A9ABD)