२०८१ साउन १२ गते | 27th of July 2024

बाऊ छोरा सख्त घाईते, आमा र उनकी माता पिताको देहावसान : अमेरिकामा नेपालीको अर्को दु:खद सडक दुर्घटना

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ १९ गते ४:०२

 अमेरिका – अमेरिकाको मिजौरी राज्यमा मंगलवार भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा एक चार वर्षीय बालक र सवारी चालक घाइते भएका छन् । घाइते मध्ये ४ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मिजौरीको स्थानीय समय अनुसार मंगलवार करीब २ बजेर ५५ मिनेटको समयमा हाइवे ४४ मा भएको दुर्घटनामा स्थानीय ब्ल्यु स्प्रिङ्ग्स भन्ने ठाउँमा बस्ने तीन नेपालीको मृत्यु र अन्य दुई घाइते भएका हुन् । मृत्यु हुनेहरुमा दुर्घटनाग्रस्त गाडीको अगाडी सीटमा बसेकी श्रद्धा ओझा खनाल,उनकी आमा शान्ता खनाल र बुवा गोविन्द खनाल रहेको प्रहरीले जनाएको छ ।

श्रद्धा,प्रभाश र सौर्य ओझाको पारिवारिक तस्वीर

स्थानीय जोप्लिन प्रहरी विभागले जनाए अनुसार दुर्घटनामा सवारी चालक श्रद्धाका पति प्रभाश ओझा र ओझा दम्पतिका ४ वर्षीय छोरा सौर्य ओझा घाइते भएका छन् । घाइते मध्ये बालक सौर्यको स्थिति चिन्ताजनक रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीका अनुसार, सिल्भर रंगको टोयोटा र्याभ 4 गाडी हाइवेमा दुर्घटना भएको हो । ओझाले चलाएको सोही गाडीलाई पछाडिबाट आएको सेतो रंगको टोयोटा पिक अपले ठक्कर दिएको थियो । श्रद्धाका बुवा गोविन्द खनालको दुर्घटनास्थलमा नै निधन भएको थियो भने श्रद्धा र उनकी आमा शान्ता खनालको उपचारका लागि अस्पतालमा पुर्याएपछि मृत्यु भएको थियो । दुर्घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको थियो ।

दुर्घटनामा मृत्यु भएका गोविन्द खनाल र उनकी श्रीमती शान्ता खनाल

सन् २०१२ मा डिभी परेर श्रद्धाको परिवार अमेरिका आएको थियो । श्रद्धाका बुवा आमा भने करीब तीन महिना पहिला मात्र अमेरिका आएका थिए ।

 

 

श्रद्धा,प्रभाश र सौर्य ओझाको पारिवारिक तस्वीर

सबै तस्वीर स्रोत: श्रद्धा,प्रभाश र गोविन्द खनालको फेसबुक

समाचार स्रोत : ग्लोबनेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *