२०८१ वैशाख १५ गते | 27th of April 2024

भाई मारेर पुगेन गाई नि मारे, शर्म-निरपेक्ष देश !

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ २० गते १६:४४

-अर्जुनराज पन्त

भाइ मारेर नपुगेर गाइ नि मार्न थालेउ !
एकै चिहान पर्ने गरि भिरैबाट फालेउ।

न त खा थिए तिम्रो बाली न त तिम्रो अन्न
कस्तो आत्मा तिम्रो कठै जाओ मार भन्न !

थुनबाट दुध झर्दा सम्म तिनलाई दुहि खायौ
भोको पेट लौरो लगाइ हलो तान्न लायौ !

पुरा भयो आफ्नो स्वार्थ घाँडा भए तिनि
आमा सरि पुजेका ति दुधै समेत दिनि !

अटेनन् ति कठै आज तिम्रा बस्ति माँझ
गौमाताको हत्या गर्ने आयो कस्तो राज !

प्रकृतिको चक्र हो त्यो सबको आउछ दिन
बेला तिम्रो नभइकन काल नि आउन्न लिन !

समयको गतिसङ्गै उमेर बढ्दै जाँदा
तिमी पनि घाँडै होउला बुढ्यौलीले खाँदा !

बुढेसकालमा तिम्लाई पनि गाइलाई जस्तै गरि
बृद्धाश्रममा लान्छौ भन्दै कोचि टड्क भरि !

घाँडो सम्झि यसैगरि बिचबाटोमा फाल्दा
कृष्णभिरको बाटो लगि त्रिशुलीमा हाल्दा !

कस्तो होला तिम्लाई पनि गाइलाई जस्तै गर्दा
मध्यरातमा घुसुल्टिएर खोला भरि पर्दा !

गाइको मात्रै के कुरा भो कुकुरैलाइ पनि
मान्छे खटाइ चुट्दै मार्छौ तिन्लाई गनि गनि !

पक्रिएका कुकुरलाई नि कठै छानि छानि
चौबाटोमा कुटि मार्छौ चिरपटले हानि !

नाटक गर्दै पुज्नि अझ गाइ र कुकुर दुबै
सनातनि धर्म भन्दै अर्थ लाँउदै खुबै !

धर्म निरपेक्ष हो कि शर्म निरपेक्ष
टिठै लाग्दाे ब्यबहार तिम्रो कुन हाे पुग्ने लक्ष ?

(ब्यङ्ग्य कवि पन्तको कोइली ब्यङ्ग्य काब्य छिट्टै बजारमा आँउदैछ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *