२०८२ फागुन ३० गते | 14th of March 2026

भर्जिनियामा समुदायिक भवन निर्माण गर्न सप्ताह लगाउने संस्थाले देउसी-भैलो कार्यक्रम गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७६ असोज ३ गते २२:२१

निदेश अधिकारी/भर्जिनिया – सप्ताह मार्फत झण्डै २ मिलियन डलर संकलन गरि सामुदायिक भवन निर्णाणकालागि जुटेको संस्था नेपाली अमेरिकन कम्युनिटी सेन्टर ( NACC) ले आगामि तिहारमा भर्जिनियामा देउसी भैलो कार्यक्रम गर्ने भएको छ । संश्थाको अहिलेसम्मको प्रगतिका बारेमा सुचना आदानप्रदान गर्ने , नयाँ सदस्य बनाउने तथा नेपाली संस्कृतिको जगेर्णा गर्ने हेतु उक्त कार्यक्रम गर्नलागिएको संस्था द्वारा प्रेशित बिज्ञप्तिमा जनाईएको छ । संस्थाको आगामि कार्यदिशाका बारेमा छलफल गर्दै उद्देश्यमा पुग्न कोहि नछुटौ भन्ने उद्देश्य कार्यक्रमको रहेको छ बिज्ञप्तिमा भनिएको छ ।

सप्ताह पछि पनि संस्थामा सदस्य बन्नेहरुको संख्यामा बृद्दि हुदै गएको साथै सम्पुर्ण नेपालीभाषि हरुको सहभागिता यस अभियानमा होस भन्दै देउसी भैलो कार्यक्रमलाई सकेसम्म धेरै घरमा पुर्याउन सकियोस भन्ने धेरैको राय रहेको बुझिएको छ । देउसी भैलो हुने दिनको बारेमा जानकारि दिदै उक्त दिनमा सकेसम्म अन्य संघ संस्थाले कार्यक्रम नराखिदिनु हुन समेत आब्ह्वान गरिएको छ ।

कार्यक्रम हुने दिनहरु :
अक्टोबर २० र २१
अक्टोबर २६ र २७
नोवेम्बर २ र ३

Leave a Reply

Your email address will not be published. Required fields are marked *