सियाटल – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर २०१९ मा हुने ९ औं महाधिवेशन तथा विश्व सम्मेलनका लागि सह-कोषाध्यक्ष पदका उम्मेदवार एसी शेर्पा सगरमाथामा एनआरएनएको झन्डा पहाराउने पहिलो नेपाली हुन । पर्यटन ब्यवसायी शेर्पा एनआरएनएलाई सबैभन्दा धेरै सहयोग गर्ने अभियान्ता हुन ।![](http://www.khullaManch.com/wp-content/uploads/2019/10/ac-sherpaa.jpg)
नेपालको पूर्वी पहाडी जिल्ला अर्थात ‘गेटवे अफ सगरमाथा’ भनेर चिनिने सोलुखुम्बुमा जन्मिएका शेर्पा सानै उमेरमा आफना दाजुसँग अमेरिका आएका हुन् । अमेरिकामा आफ्नो अध्ययन सकेर स्टेट अफ वाशिङटन, सियाटल शहरमा पर्यटन र अन्य ब्यबसायमा लागेका शेर्पा सफल अहिले स्थापित नेपाली ब्यवसायी हुन । शेर्पाको ब्यबसाय अमेरिका र क्यानाडा दुवै देशमा मात्र होइन नेपालमा पनि छ। उसो त एसी शेर्पाले सफल हिमाल आरोही मात्र होइन नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेका छन् ।![](https://www.hollywoodkhabar.com/UserUploads/content_15561/main/AC%20Sherpa%20(1).jpg)
गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराउन सफल पहिलो गैरआवासीय नेपाली पनि त हुन नै । शेर्पा विश्वका ७५ भन्दा धेरै देशका लागि हिमाल आरोहणका लागि प्रशिक्षक पनि हुन् । चर्चित सेभेन समिट फाउण्डेशनका अध्यक्ष, रियल स्टेट, पर्यटन र अन्य व्यवसायका सफल ब्यबसायी शेर्पाले नेपालमा ठूला लगानीका लागि पनि अनुभव गरिसकेका छन् ।
शेर्पाले गत महिना मात्र उनको सेभेन समित फाउण्डेशनको सपोर्टमा मिस नेपाल युनिभर्स अनुस्का श्रेष्ठको सिन्धुपाल्चोक प्रोजेक्टको लागि ३० हजार अमेरिकी डलर भन्दा धेरै सहयोग जुटाउन योगदान गरेका छन् । चर्चा कम रुचाउने शेर्पाले यस बाहेक थुप्रै सामाजिक क्षेत्रमा पनि योगदान दिएका छन ।![](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.0-9/69947236_2720423477976924_3164067802411696128_n.jpg?_nc_cat=108&_nc_oc=AQmBLbwSzRBnukQl_qmg7KJ8n_ROU2ek9PC5JNzp-a6VcDnpRqqYQncewD57MRgJgZ8&_nc_ht=scontent-lax3-1.xx&oh=319a6c6bc0311178a8abe28f8e8ff4d5&oe=5E25025F)
आफ्नो जन्मथलो सोलुखुम्बु र सिन्धुपाल्चोकमा गरेर करिव ४ करोड नेपाली रुपैयाँ भन्दा धेरै सामाजिक बिकासमा योगदान गरेका शेर्पाको गैरआवासीय नेपाली संघमा पनि अनगिन्ति सपोर्ट छ।
एनआरएनएमा सहभागी हुँदै आएता पनि पदिय जिम्मेवारी भने २०१३-२०१५ कार्यकालमा अमेरिकाबाट सुरु गरेका हुन्। त्यो समय आइसीसी सदस्यहुँदै २०१५-२०१७ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय उप-संयोजक थिए । अनि यो पटक सह- कोषाध्यक्षका लागि उम्मेद्वार हुने भएका छन् । आर्थिक पारदर्शितालाई आफ्नो मुद्दा बनाएका शेर्पाले खल्तीमा रहेको एनआरएनएको गौरवलाई पून: सगरमाथामा पुर्याउन चाहेको बताए ।![Image may contain: 1 person, smiling, text](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.0-9/69832033_2727975770555028_2941630776136957952_n.jpg?_nc_cat=111&_nc_oc=AQmtGps5_QSw4NNbMAjarmZgfR4XxIxLnIxLNXyCMTcyh3NyEmYorca1wJzLad792w0&_nc_ht=scontent-lax3-1.xx&oh=0f9bd9c6899ebf3a8e6598a61d4389d6&oe=5E2C8C02)
स्रोत : हलिवूडखबर