वाशिंगटन डिसी – नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी)को बैठकको पहिलो साधारण सभाले दिएको म्यान्डेट अनुसार अन्तरिम कार्य समिति, बोर्ड अफट्रस्टी र विविध समितिहरु डिसी मेट्रो क्षेत्रका विभिन्न समाजसेवीहरुलाई समेट्दै बिस्तार गरिएको छ । एनएसीसीको अन्तरिम कार्यसमिति र बोर्ड अफ ट्रष्टीको गत सेप्टेम्बर १५ मा सम्पन्न संयुक्त बैठकले यस संस्थामा काम गर्न ईच्छा जाहेर गर्नु हुने सवै समाजसेवीहरुलाई कुनै न कुनै जिम्मेवारी दिई टीममा समावेशगर्ने निर्णय गरेको छ ।
अन्तरिम कार्यकारी समिति (आईईसी)मा थप गरिएका महानुभावहरुमा अर्जुन ढुंगेल, देशराज संयोक, गुणराज लुइटेल, हरि केपुडासैनी, प्रज्ञानराज आचार्य, प्रदीप ढकाल, प्रेम पौडेल, टीका मैनाली, तोयानाथ पौडेल रविजय कुमार सिंह हुनुहुन्छ । यसैगरी ट्रष्टीको अन्तरिम बोर्डमा समावेश गरिनु भएका समाजसेवी महानुभावहरुमा परशुराम भण्डारी, शिवलामिछाने, सीता काफ्ले, तारानाथ पोखरेल हुनुहुन्छ ।
मिडिया समन्वय समितिमा भने बिष्णु पौडेल, केशब सिग्देल, निदेशअधिकारी र प्रकाश नेपाल रहनु भएको छ । सूचना प्रविधि समितिको जिमेवारी अनन्द पौडेल, अशिम लामिछाने, आशीष खनाल, डिला पोखरेल, हीरा क्षेत्री, केशब न्यौपाने, लक्ष्मी (रज्ज) कोइराला, माधव सापकोटा, र सूरज अर्यालले पाउनु भएको छ ।
यसैगरी रियल स्टेट समितिमा चिरिन्जिवी लामिछाने, झलेन्द्र कुँवर र प्रवीन खड्का थपहुनुभएको छ । अपरेसनल ओभरसाइट सुपरिवेक्षण समितिमा अनिल रुपाखेती, ग्रिश्मा दाहाल, कमल भुसाललाई थप गरिएको छ भने वित्तीय नियमक समितिमा काजी बुढाथोकी, पवन खनाल, प्रसन्न संग्रौला, राजनअधिकारी र तिलक खरेल थप हुनु भएको छ।
युवा समन्वय समितिमा बिमल ओझा, कुमार केसी, लेखनाथ चालिसे, समिक्षा सापकोटा, शिल थापा, सुवास जोशी र सुदर्शन घिमिरे रहनु भएको छ । सोही बैठकले बोर्ड अफ ट्रष्टीको सल्लाहकार समितिमा अर्जुन दाहाल, बद्रीप्रसाद अधिकारी, भरत रेग्मी, भीम रेग्मी, देवेंद्र खनाल, दीपेन्द्र पोखरेल, डा. अनुप पहाड़ी, डा. गुणराज सुवेदी, डा. गोविन्द तिमिल्सिना, दोब ढकाल, गोविन्द सुवेदी, होमनाथ सुवेदी, रामभक्त अधिकारी, राम प्रधान र ॠषि बराललाई चयन गरिएको छ ।
अन्तरिम कार्यसमितिको सल्लाहकार समितिमा छनौट हुनु भएकाहरुमा बद्रीखनाल, बिष्णु खरेल, जनक अधिकारी, खगेन्द्र थापा, कृष्ण भण्डारी, लक्ष्मी गौडेल, मोहन निरौला, मुरारी नराल, नारायण पौडेल र निलकण्ठ सुवेदी, पदम रेग्मी, राम चन्द्र भट्टराई, राम हरि खड्का, रामेश ढकाल, रामशरण हुमागाइं, संजय डी जोशी, शिव नेपाल, उत्तम अधिकारी, यम कोइराला र यमकुमार सिटौला हुनुहुन्छ ।
राजीव मैनालीले अध्यक्षता गर्नु भएको सो संयुक्त बैठकमा सामुदायिक भवन निर्माण गर्न योग्य जमीनको पहिचान र खरीद प्रक्रिया धेरै अगाडि बढिसकेको र चॉडैनै निधोमा पुग्न सकिने बारेमा छलफल भएकोथियो । बैठकले मिडिया समन्वय समिति र युवा समन्वय समितिलाई थप गर्नुको साथै चन्दा संकलन र लेखा ब्यवस्थापनलाई चुस्तराख्न जोड दिएको थियो । 
यसअघि अन्तरिम कार्य समिति, अन्तरिम बोर्ड अफ ट्रस्टी एवं बिधानअनुरुपका अन्य विभिन्न समिति उपसमितिहरुको पनि बिस्तार एवं गठनका लागि गुगल फर्म मार्फत सदस्यहरुबाट सेवा गर्न ईच्छुकलाई फर्म भर्न आह्वान गरिएको थियो । गत जुनमा डिसी मेट्रो क्षेत्रमा लगाईएको सप्ताह महापुराणबाट २ मिलियन भन्दा बढि चन्दा संकलन गर्न एनएसीसी सफल भएको थियो ।
यसअघि सम्पन्न संस्थाको साधारण सभाले थप सदस्य राख्नु पर्ने सुझाव सहित पारित गरेका अन्तरिम बोर्ड अफ ट्रष्टी समितिका सदस्यहरुमा राजीव मैनाली, पुरु सुवेदी, प्रेमसंग्राैला, सुमन तिम्सिना, हरि शर्मा, डा. कल्पना कल्पना सत्याल, गोपाल रेग्मी, प्रेम भण्डारी, गोविन्द मैनाली, मेदिनी अधिकारी र मधु पन्थीलाई छनौट गरेकोथियो । यसैगरी सोही भेलाले अन्य सदस्य थप गर्ने सुझाव सहित पारित गरेकाे अन्तरिम कार्यसमितिका सदस्यहरुमा भने ददी ढुंगाना, केशब बराल, डा, मदन उप्रेती, ठाकुर ढकाल, बीना लामा, सुनिता खत्री, अर्जुन सिग्देल, राज गौतम, राजेन्द्र खनाल, सुनिता सुवेदी र अरुण रुपाखेती रहनुभएको थियो ।