अमेरिका – चरम लापरवाहीले अर्जुन बन्जाडेको दस्तखत र पशुपती पाण्डेको सिफारिशमा एनआरएनए विश्व सम्मेलनमा अमेरिकाको प्रतिनिधी भनेर नाम तोकिएका मध्य न्युनतम पचास जनाले चन्द्रावतीको केबलकार चढेर, बंगालामुखी घुमेर र अन्तमा बागमती नदीको पानीले हात धोएर आउने भएका छन ।
दशैंमा धेरैले परिवारको आशिर्वाद त थाप्ने छन नै । कती जना टिल्ल भएर थानाकोटै नझर्लान । तर सुनील साहको लालमोहर लागेका करिब पचास जना ‘प्रतिनिधी भएर अमेरिकाबाट उडेर पर-ई-निधी’ भएर अमेरिका फर्कदैंछन ।
कसरी ?
आफुखुशी प्रतिनिधी सुची बनाएर ‘भोली बिहान आफु उडेपछी सुची धस्काउन’ बन्जाडे-पान्डे कम्पनीलाई निर्देशन दिएर श्रीमान श्रीमती दुबै दुवई उडेका एनआरएनए अमेरिकाका क्रान्तिकारी अध्यक्ष सुनील शाह दुवई अवतरण नहुंदै एनआरएनए अमेरिकाका अध्यक्ष पदका आगामी उम्मेदवार तथा सबैभन्दा बढी भोट ल्याएर उपाध्यक्ष बनेका कृष्णजिवी पन्तको अध्यक्षतामा बसेको बहुमतीय बैठकले आफ्ना क्रान्तिकारी प्राविधिक अध्यक्ष साहको सुची नमान्ने निर्णय गराए ।
पशुपती पाण्डेले शियाटलको जंगलबाट प्रेषित गरेको प्रतिनिधी सुचीको मसी सुक्न नपाउंदै उपाध्यक्ष पन्तसहित बहुमत सदस्यहरुले श्क्ती हातमा लिएर बसेका, बिगत भन्दा सकृय बनेका र चाहेको चाबी घुमाउन आईसीसीको आडभरोशा पाएका अमेरिकाज क्षेत्रीय संयोजक गौरीराज जोशीलाई गुहार्न पुगे । सुनील साहको सुचीबाट आफु पनि उम्मेदवार रहेको आईसिसी निर्वाचनका लागि सन्तुष्ट नबनेर बाहाना कुरेर बसेका आरसी जोशीलाई ‘कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाईदेको’ अवस्था बन्यो ।
साहको प्रतिनिधी सुचीमा आफुसंग वार्ता हुंदाका सहमती र फेहरिस्त तोडेर बिष्णु सुवेदी र डा. यादब पन्डितको कोठाबाट आएको सुचीलाई आधिकारीक बनाएर भगवान उपेन्द्र महतोको दर्शन गर्न दुवई हुंदै भूमिगत तवरले नेपाल पुगेका साहको चर्तिकलाबाट आजित बनेका आरसी जोशीले कृष्णजिवी पन्तको अध्यक्षताको ‘बहुमत’ निर्णय मान्दै प्रतिनिधी विवाद मिलाउन आईसिसी सदस्य एवम जोशीका अती विश्वासपात्र प्रकाश सापकोटाको संयोजकत्वमा विवाद छानबिन समिती बनाए ।
काम गर्ने मान्छे भनेर डा. केशब पौडेलको पहिलो कार्यकालदेखी चिनिएका कम बोल्ने सापकोटाले चौविस घण्टा भित्र ६१ जना प्रतिनिधी बन्न योग्य र चाहना भएका ईच्छुकहरुको सुची आरसी जोशीलाई बुझाए । १६८ छान्न दुनियाँ नेता भनौंदाहरुको दैलो चाहरेका साहका कारीन्दा बन्जाडे र पाण्डेहरुलाई ३ महिना लागेको काम सापकोटाले २४ घण्टामा ६१ जना प्रतिनिधी बन्न ईच्छुकहरुको फेहरिस्त आरसी जोशीलाई बुझाए ।
पक्का काम गर्ने सापकोटाको सुची अांखा चिम्लेर आरसी जोशीले आईसीसीमा बुझाए ।
अनि ?
जोशीले आईसीसीलाई बुझाएका ६१ जनाको सुचीलाई आईसीसी महासचिव डा. बद्री केसीले एप्रुभको ग्रीन सिग्नल दिए । यसलाई यसरी बुझौं कि जोशीले पठाएको सुची ‘बैधानिक बाटो हुंदै आएको, समावेशी र वर्किकरण भएर प्रतिनिधीमुलक भएको’ ट्याग लगाएर त्यो पास हुने जनाउंदै जोशीलाई संबिधान गर्दै क्रान्तिकारी सभापती साहलाई चिट्ठी पठाए । ![](http://www.khullaManch.com/wp-content/uploads/2019/10/joshi-gouri.jpg)
बुझिएनुसार जोशीको सुची ९९.९% पास भईसकेको आईसीसी उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार कुमार पन्तले आज फोनवार्तामा बताए ।
आईसीसी गौरीराज जोशी चिढ्याउन चाहंदैन । सुनील साहले भगवान पुज्ने उपेन्द्र महतो गौरीराज जोशीसंग जति नजिक छन, त्यती नजिक साह महतोको अगाडी कहिल्यै पुग्दैनन । ब्यापारिक संसर्ग, लगानीको हातेमालो र भावी सम्भावनाको पाटोले जोशी महतोको हाराहारीमा पुगिसके । जिवा लामिछाने कांग्रेस भएपनि ‘ब्यापारका कारण’ जोशी नजिक छन । सोझा शेष घले र चन्डाल भवन भट्ट पनि जोशीसंगै नजिक छन ।
मैले चाकरीको भाषा बोलेको होईन । मैले जोशीको केही पाएं होला वा खाएं होला । वा नपाएको हुंला । तर सत्य कुरा हो । दुनियाँ जगजाहेर छ, गौरीले अमेरिका खाईसके । आईसी, आईसीसी वा डलरसीमा पनि जोशी अमेरिकअन नेपाली बिल गेट्स हुन । तर कसैले चन्दा नमागुन है, कृपया जोशीसंग । दु:ख गरेर नेपाली बिल गेट्स भएका उनीसंग ।
बुद्धी सुवेदीको कमेन्ट :
ती बाबुहरु मेरा प्रिय भतिजाहरु हुन । मैले भेटेको छु । बडो भद्र र सालीन छन । त्यस्ता सुपुत्र पाउनु एनआरएनए लगानी उपाध्यक्ष बुद्धी सुवेदीजीको भाग्य हो । तर एउटा छोरा गएको भए कसैलाई थाहा हुन्थेन । पुरुषोत्तम बोहोराहरु नअटाएपछी दुईटा छोरा किन प्रतिनिधे बनाउनु पर्ने भनेर ‘जनता जान्न चाहन्छ’ भन्न थाले जनहरु ।
सुबेदीको मलाई उत्तर :
![](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.15752-9/71782387_931091960622893_6519603653446205440_n.png?_nc_cat=103&_nc_oc=AQlsVlBHpU6-9QZmyVbtVwC4rbB9SlKF6HCP-3psws4rpRiDbOlXa4tc2YMnpJnrAA0&_nc_ht=scontent-lax3-1.xx&oh=78e48766afc5859ded7182e5ff3cf5bf&oe=5E1DC5CC)
शेष घलेले पनि सुवेदीले जस्ताइ गरे रे ! त्यसैले एनआरएन अभियान्ता छोराहरु नेपाल लगेका रे ! सुनील साहसंगको उत्तर पछी लेखुम्ला !
ती बालाहरु :
शिकागो सम्मेलनमा आफ्नै संस्थाको कार्यक्रम रद्द गरेर बाला घिमिरे सारा पाहुनालाई भात बांड्दै थिए । उनको रेस्टुरेन्टले ब्यापार पाएर होईन । नेपालएे समाजप्रति बालाको अपार लगाव र प्यारले ! चारओटा रेस्टुरेन्टका मालिकलाई शिकागो सम्मेलनमा पन्यू हल्लाउन के रहर थियो ? आफ्नो गाउंमा आएका पाहुनालाई सत्कारको कमी हुन नदिन बाला नान रोटी हाल्दै थिए । पाहुनाहरुलाई बिदाइमा फूलका गुच्चा दिन पनि भ्याएकै थिए । हात मिलाउन होईन । फुलका बिदाईका गुछ्छाहरु लिने महामहिम बिलासी एनजिओ राजदुत अर्जुन कार्कीलाई थाहा होला, उनका लागि मात्र होईन । शिकागो झरेका नेपालीका लागि एनआरएनएको पदमा नरहेको बाला घिमिरे र टेकराज पौडेलले सत्कारको लागि कती पसिना बगाए ?
खलखली पसिना बगाउने अतिथी संयोजक सुमन वस्तीलाई त सुनील साहले प्रतिनिधी पुरस्कार दिएका छन क्यार !
अन्त्यमा,
जोशीले पठाएका ६१ जनाको सुची आईसीसीले पारीत गरेको ताजा समाचार भर्खरै प्राप्त भएको छ । अब जोशीका प्रतिनिधी थपिएपछी सुनील साहले चानेका ती बिचराहरुमध्यबाट ५० जनाले बागमतीको पवित्र ? पानीले हात धोएर अमेरिका फर्कने निश्चित छ ।
लफडा हुनेछ, नेपालमा !!!
जोशी र साह कम्पनीको सुची बाझ्नेछ ।
तर,
जोशीका ६१ जना पर्नेछन ।
कतै आजै टीका लगाईसके ।
भोलीको टीकाको शुभकामना !!!