काठमाण्डौं, २० जेठ ।
प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय अस्वीकार्य भएको बताएको छ ।
प्रधानमन्त्रीको उम्मेदवारीबारे छलफल गर्न शनिबार एमाले स्थायी कमिटीको बैठक बसिरहेका बेला निर्वाचन आयोगको निर्णय आएको थियो । आयोगले मतगणना स्थल कब्जा भएको पाइएको भन्दै वडा नं। १९ को मतदान केन्द्रको मतपत्र रद्द गर्ने र पुनः मतदान गर्ने निर्णय गरेको छ ।
एमालेले आयोगको निर्णयको अस्वीकार गर्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । साथै उसले संसदको जारी अवरोधलाई निरन्तरता दिने बताएको छ ।
निर्वाचन आयोगको गतिविधि शंकास्पद रहेको भन्दै एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले अनलाइनखबरसँग भने, ‘दोस्रो चरणको चुनाव नगराउने खेल हुन थालेको हामीलाई आभास भएको छ, आयोगको विषयमा संसदभित्र छलफल हुनुपर्छ ।’