२०८१ चैत ३ गते | 17th of March 2025

एनआरएनए प्रतिनिधीका बारेमा एनसिसी अमेरिकाले निकालेको खबर झुट

खुल्लामन्च
 प्रकाशित: २०७६ असोज २६ गते १:५०

काठमाण्डौं – एनआरएनए विश्व सम्मेलनको लागि सारा प्रतिनिधीहरु नेपाल झर्ने क्रम जारी छ । विश्व सम्मेलनको खबर समाचार प्रकाशनको लागि सबैभन्दा ठुलो माध्यम अनलाईन पोर्टलहरु देखिएका छन ।

उम्मेद्वारहरुको आकांक्षीहरुले सामाजिक संजालमा खबर र प्रचारहरुको रफ्तार बढाएका छन ।

समाचारको विश्वासनियता :

एनअरएनए अमेरिकाको आधिकारिक समाचारका लागि काठमान्डौ झरेका पत्रकार र अनलाईनहरुभन्दा ‘तथाकथित प्रतिनिधी बनेका तर नेपाल झर्ने हैसियत नभएका वा भाडामा राखिएका’ समाचारहरुले प्रश्रय पाईरहेका छन । छातीमा हात राखेर सामाजिक संजालमा आएका समाचारहरुलाई नियाले हुन्छ, अपवाद बाहेक प्राय समाचारहरु भडुवा छन ।

एनआरएनए विश्व सम्मेलन काठमान्डौंबाट होइन, परदेशमा हावाका भरमा सुनिएका हल्लाहरु समाचार बनेका छन .

एनआरएनए एनसिसीको हावा समाचार :

एनआरएनए अमेरिकाका लागि गत निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार सुर्य लम्सालले टेनेसी अदालतमा दायर गराएका मुद्धाको बारेमा हिजो अमेरिकामा फैसला भयो । एउटा संस्थाका शुभचिन्तकले संस्थागत हितोन्नतीका लागि दाँयार गरेका समाचारका बारेमा भएका निर्णयहरु एनआरएनए विश्व सम्मेलनसंग सम्बन्धित कदापी छैन ।

गौरी जोशीले आईसीसीलाई बुझाएको सुचीको आधिकारिकता :

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले आफुखुशी अमेरिकाका प्रतिनिधी तोकेर अमेरिकाज क्षेत्रका आरसी गौरीराज जोशीलाई प्रतिनिधी सुची नबुझाई नेपाल उडेपछी प्रकाश सापकोटाको संयोजकत्वमा बनेको अर्को समितिले आरसी जोशीलाई बुझाएको ६१ जना प्रतिनिधीको सुची आईसीसीमा दर्ता भएको हप्तौं भईसकेको छ ।

आगामी विश्व सम्मेलनमा सचिव पदका उम्मेदवार तथा हिजो एनआरएनए अमेरिकाको निर्वाचनको सांचो लिएर बसेका तथा वर्तमान आईसिसीसंग सबैभन्दा सुमधुर सम्बन्ध भएका जोशीले बुझाएको सापकोटाको सुची ‘आधिकारीक, प्रकृयागत र बिधिसमम्त भएको’ जनाईसकेको छ ।

महासचिव डा. बद्री केसीले एनआरएनए अमेरिकालाई गत हप्ता पठाएको पत्रमा त्यो कुरा खुलस्त पारिएको छ । तर अहिले सुर्य लम्सालले दर्ता गरेको मुद्दाको बारेमा भएको फैसलालाई आधार बनाएर अहिले बजारमा आएको हल्ला निराधार छ ।

सम्मेलनस्थल काठमान्डौंमा रहेका सुचना संवाहकहरुलाई कुनै पनि माध्यामबाट संपर्क गरे हुन्छ ।

प्रतिनिधी विवादले अहिले विश्व सम्मेलनमा आएका प्रतिनिधीहरुको रजिस्ट्रेशन रोक्का गरिएको छ । यसको प्रमुख कारण नै एनआरएनए एनसीसी अमेरिकाको प्रतिनिधी विवाद रहेको छ ।

लफडाको संकेत :

एनआरएनए अमेरिकाबाट सुनील साहले नियुक्त गरेका प्रतिनिधीहरु लगायत गौरी जोशीको सुचीमा रहेका बहुसंख्यक सदस्यहरु काठमान्डौं ओर्लीईसकेका छन । एनआरएनए अमेरिकाकाद्दारा छोराहरु,देवनागिरिमा एनआरएनए लेख्न नजान्नेहरुलाई समिटर बनाईएको सुची र आरसी गौरीराज जोशीको सुचीमा रहेका सदस्यहरु मध्यबाट करिब ५० जनाले हायात होटेल नजिकै रहेको बागमतीको पानीले हात धोएर अमेरिका फर्कने निश्चित छ ।

सापकोटा समितिले बनाएको सुची कुनै पनि हालतमा पास गराउन एनआरएनए एनसीसी लागिपरेको छ । स्मरणीय छ, त्यो लिस्ट प्रकाशित गर्न मात्र बांकी रहेको छ ।

जोशी एनआरएनए अमेरिकाले बनाएको छोराहरु, आलाकांचाहरु र हिजो सम्पन्न निर्वाचनमा सदस्य नै नभएका तर अहिले प्रतिनिधी बनेकाहरुको नाम्साहओ सुचीबाट हटाउन चाहन्छ्न । अनेक प्रलोभनले साहको सुचीमा परेका र काठमान्डौं झरेकाहरुको नाम काटिने सम्भावनाले यसपाली पनि एनआरएनए विश्व सम्मेलनमा अमेरिकाकै कारणले लफडा हुने निश्चित छ ।

हेर्दै गर्नुहोला,
आगामी खबरहरु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *