अमेरिका – ४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी व्यवसायी गौरी जोशीको जन्मभयो । परिवारको मियो ढलेपछि व्यवहार कसरी टार्ने र शिक्षादिक्षामा परिवारलाई सकस हुनथाल्यो । सानै उमेरमा वुवा गुमाए । अभावमै शंकरदेव क्याम्पसमा एमविएसम्म पढाउन सफल भए । पढाई सकेपनि नेपालमा रोजगारीको अभाव थियो । त्यसबाट आफु पनि अछुतो रहने कुरै भएन । साथीभाईहरुको लहलहैमा पढाई र आर्थिक जिवन उकास्नका लागि विदेश जाने सपना वुन्न थाले । अमेरिका आउने सपना वुनेरमात्र के गर्नु आर्थिक अभावले सजिलो थिएन । जग्गा बेचेर पढ्न जाने योजना घरमा सुनाए । पढाईसँगसँगै पैशा कमाउने कुरामा परिवारले साथदियो । तर भिषा लगाउन सजिलो थिएन ।
तर भाग्यबस भिषा लाग्यो र पुख्र्यौली सम्पत्ति बेचर उच्च शिक्षाहाँसिल गर्ने शिलशिलामा १९८७ मा अमेरिका पुगे । कलेज भर्नाको लागि ल्याएको पैशा बाहेक २ हजार डलर हातमा बचेको थियो । काम नगरि सुखै थिएन । पढ्न आउने विद्यार्थीलाई काम गर्न सजिलो थिएन । शुरु एकदुईबर्ष हवाई राज्यमा बसेर पढे । काम पाउन गाह्रो भयो । इन्फरमेसन टेक्नोलोजी विषयमा अध्ययन गर्ने क्रममा टेक्सास राज्यमा ओर्लिए । पैशाको समस्याले निकै पिरोलिएकाले पढाईसँगै कामको खोजीमा भौतारिन थाले । दिनभरि पढाई भएकोले रातीको काम खोज्नुपर्ने वाध्यता थियो । कामको शुरुवात ग्याँस स्टेसनबाट गरे ।
दिनभरिको पढाई र रातभरिको कामको दैनिकी वन्यो । संघर्षका दिन अहिलेआएर सम्झन्छु, दिनभरिको ५० डलर कमाइ हुन्थ्यो जसमा काम, पढाई र डेरा गर्दा ४० डलर सकिन्थ्यो । महिनाको २ सय डलर पर्ने एउटै कोठामा ८ जना मिलेर वस्थ्यौं । दिनभरिको पढाई र रातभरिको कामले थाकेको शरिर सुत्ने ठाउको अभावमा विरामी कैयौंपटक विरामी परेको सम्झन्छु । सामान्यतय प्रवासको वसाई होमसिकबाट ग्रसित हुन्छ जुन मैले स्वयं भोगेको छु, शुरुताका त्यसै कम वोल्ने मान्छे कसैसँग वोल्न मन लाग्दैनथ्यो । खान रुच्दैनथ्यो । रातभरि निद्रा नलागेर नसुतेरै कलेज र काम गरे । आफुसँग वस्ने साथीहरु सवैको अवस्था निरस थियो । पढाई र कामले पेलेपछि विस्तारै होमसिक हट्दै गयो ।
आर्थिकस्तर कमजोर भएकाले घरमा फोन गरेर पैशा माग्ने वातावरण थिएन । यताको दुख घरपरिवारलाई सुनाउन मन लाग्दैनथ्यो । कामविना पढाईमात्र गर्न सम्भव थिएन । त्यसैले दिनभरिको पढाई गरेपछि राती काम गर्नुपर्ने वाध्यता थियो । एउटा कोठामा ८ जनाको वसाई विस्तारै ४ जनामा पुग्यो ।
शुरुवातका दिनमा नेपालीहरु भेटन मुस्किल पर्दथ्यो । विद्यार्थीबाहेक अस्पतालसम्म पुर्याएर सहयोग गरेको सम्झन्छु । यातायातको सुविधा पनि उपयोग गर्न गाह्रो थियो । कानूनि हिसावले गाडी किन्न पनि सजिलो थिएन । ट्याक्सी चढेर काममा जानुपरेको अनुभव छ । विस्तारै काम गरेको पैशा जोगाएर साथीहरु मिलेर जसोतसो एउटा पुरानो गाडी किन्यौं । त्यहि गाडीले एकले अर्कालाई पिक गर्ने र डप गर्ने गथ्र्यौ । एउटै गाडी भएकोले कहिलेकाँही काममा समयमा पुग्न सवैलाई गाह्रो हुन्थ्यो । तर दुखसुख गरेर चलियो ।
यसरी नै युनिभर्सिटी अफ डलासबाट इन्फरमेसन टेक्नोलोजीमा मास्टर्स गरे । पढाई सकेपछि धेरैलामो समयसम्म ग्याँस स्टेसनमा काम गर्नु परेन । पढाईको प्रमाणपत्रका आधारमा आईटी क्षेत्रमा लोकप्रिय कम्पनी एटिएनटीमा जागिर भेटाएँ । पढाई अन्तर्गतकै जागिरमा केहिबर्ष विताएँ । १५ बर्षको संघर्षपश्चात आफूले पढेकै क्षेत्रमा व्यवसायिक छवि वनाए । नेपालबाट जग्गा वेचेर पढनको लागि अमेरिका आईपुगेका मैले काम गरेर जोगाएको पैशा र क्रेडिट कार्डबाट श्रmण निकालेर व्यवसायको शुरुवात गरे । आफूले पढेकै क्षेत्रमा काम गरेर अनुभव हाँसिल गरेको आधारमा २००७ मा ३० हजार डलरमा भास्तिका नामक आईटी कम्पनी शुरु गरे ।
१५ सय डलर भाडा तिरेर उनले दुईतीन जनाको नेतृत्व गर्दै सानो व्यवसाय शुरु गरे । भास्तिका नामक आईटी कम्पनी कम्पनी खोलेर अहिले सफल व्यवसायीको रुपमा चिनिने मौकाम मिलेको छ । यस कम्पनीमार्फत ३० देखी ३५ मिलियन डलरको कारोवारो गरिरहेको छु । हामीले छौं । जसमा ६० प्रतिशत नेपालीहरुले रोजगारी पाईरहेका छन् । हामीले उत्पादन गरेका ५ हजारभन्दा वढि जनशक्ति एटीएनटी, बैक, एयरलाइनदेखी वल्र्ड वैकसम्म पुगेका छन् । । युवा विद्यार्थीहरु विशेषगरि आईटी विषय पढेकाका लागि आफ्नो ठाउ उपयोगी वन्न सक्छ । यहाँका उत्पादनले एक घण्टाको ३५ देखी ४० डलर र अनुभवको आधारमा घण्टाको एक सय डलर कमाउन सक्छन् । आईटी पढेकाहरुलाई तालिम प्रदान गरि बजारमा जागिर खोजिदिन हामी सहयोग गर्ने काम गर्दछौं । पछिल्लो समयमा आईटी लगायत रियल स्टेट, हेल्थकेयर, शिक्षा हाइड्रो, होटल, रिटेल स्टोरहरुमा लगानी विस्तार गरेका छौं ।
मेरो सीप र साधनलाई उपयोगी वनोस भनेर मैले एनआरएन अभियानमा गाँसिने इच्छा गरेको छु । हुनत म यसअघिनै न्याक नामक संस्थामार्फत २००५ तिर एनआरएनमा सहभागिता जनाउदै आएको छु । हाल म एनआरएनको अमेरिका क्षेत्रको संयोजक भएर सेवा गर्ने मौका पनि पाएको छु । मैले परिवारका साथ आमा समुह नामक संस्थामार्फत सामाजिक काममा सहभागिता जनाउदै आएको छु ।
जसमार्फत नेपालमा चेपाड वालवालिका लगायत असहायहरुको लागि २०१० बर्षदेखी बार्षिक एक करोड रुपैयाँको बजेट च्यारिटीका लागि खर्च गर्ने गरेका छौ । डलासमा स्थापना भएको मन्दिरमा सहयोग गरेर नेपालको भाषा धर्म कला संस्कृतिको रक्षा गर्ने उदेश्यले अघिल्लो मन्दिरमा मैले सहयोग गरेको छु । र भर्खरै निकट भविश्यमा वन्ने मन्दिरको अर्को मेगा प्रोजेक्टको लागि ५० लाख नेपाली सहयोग गरेको घोषणा गरेको छु । यो आर्थिक सहयोगमा मात्र सिमित नभएर सोच्ने हो भने यो देशप्रतिको प्रेमभाव हो । सम्मान हो । जन्मभूमिप्रतिको प्रेम हो ।
अव म क्रियाशिल भएर एनआरएन जस्तो अन्तराष्टिय सन्जाल भएको गैरआवासिय नेपालीहरुको साझा संस्थामा आएर केहि गर्ने सोच बनाएको छु । आसन्न निर्वाचनमा सचिव पदमा उमेदवार बनेको छु । विदेशीभूमिमा सिकेको सीप र कमाएको धनलाई जन्मभूमिमा पुर्याउने योजना रहेको छ ।
आसन्न निर्वाचनमा सचिव पदमा उमेदवार बनेको छु । विदेशीभूमिमा सिकेको सीप र कमाएको धनलाई जन्मभूमिमा पुर्याउने योजना रहेको छ । साथै अहिलेसम्म अमेरिकाबाट केन्द्रमा पहुँच पुर्याउन नसकेको एनआरएन अमेरिकाले यस पटक सफल हुने विस्वास गरेको छु । ।
एउटै पदमा विवाद गरेर संगठित नसकेका कारण अहिलेसम्म एनआरएन अमेरिका केन्द्रिय तहमा नपुगेको मेरो बुझाई हो । व्यवसायिक र सामाजिक जिवनलाई सँगसँगै हिडाउने योजनामा अनुरुप केन्द्रमा अमेरिकालाई आफ्नो तर्फबाट पुर्याउने लक्ष्य छ। व्यवसाय र सामाजिक दुवै क्षेत्रमा मैले प्राप्त गरेको ज्ञानसीप स्रोतसाधनलाई एनआरएन जस्तो अन्तराष्टिय सन्जाल भएको संस्थामार्फत जन्मभूमिको लागि खर्चिन चाहन्छु । यसमा सम्पूर्ण एनआरएनहरुको सहयोग र साथ रहने विश्वास रहेको छ ।
गौरीराज जोशी गैरआवासिय संघका अमेरिका क्षेत्रका संयोजक हुन् ।