२०८२ फागुन ८ गते | 20th of February 2026

नेजस र एनआरएनएद्दारा Immigration & Tax Filing Interaction कार्यक्रम गरिंदै

खुल्लामन्च
 प्रकाशित: २०८२ फागुन ८ गते ५:४१

लस एन्जलस –  आगामी आईतवार लस एन्जलसमा  आप्रवासन र करसम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। Nepali Public Relations Committee, USA (Southern California Chapter) र Non-Resident Nepali Association California Chapter को संयुक्त आयोजनामा “Immigration & Tax Filing Interaction Program” आगामी फेब्रुअरी २२, २०२६ (आइतबार) साँझ ५:०० देखि ७:०० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रम Shree Pashupatinath Foundation USA, 10843 Kenney St, Norwalk, CA 90650 मा प्रत्यक्ष (In-Person) रुपमा हुने आयोजकले जनाएको छ।

विज्ञहरूसँग प्रत्यक्ष छलफल

कार्यक्रममा आप्रवासन कानूनका विज्ञ Laxman Adhikari (Immigration Attorney) तथा करसम्बन्धी परामर्शदाता Rajendra Siwakoti (Tax Advisor) ले सहभागीसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन्।

सहभागीहरूले निम्न विषयमा जिज्ञासा राख्न सक्नेछन्:

  • भिसा तथा स्टाटससम्बन्धी समस्या

  • ग्रीन कार्ड तथा नागरिकता प्रक्रिया

  • वर्क परमिट र पारिवारिक आप्रवासन

  • ट्याक्स फाइलिङ, ITIN, IRS सम्बन्धी प्रक्रिया

  • व्यवसाय दर्ता र करसम्बन्धी कानुनी पक्षहरू

निःशुल्क सामुदायिक कार्यक्रम

यो कार्यक्रम निःशुल्क सामुदायिक कार्यक्रम भएको आयोजकले जानकारी दिएको छ। सहभागीहरूका लागि डिनरको व्यवस्था समेत गरिएको छ।

सम्पर्क

कार्यक्रमबारे थप जानकारीका लागि:

  • इमेल: [email protected]

  • फोन: (310) 800-4848 (रामचन्द्र लामिछाने, अध्यक्ष)

आप्रवासन र करसम्बन्धी जटिल विषयमा प्रत्यक्ष विज्ञसँग छलफल गर्ने यो अवसर दक्षिण क्यालिफोर्नियामा बसोबास गर्ने नेपाली समुदायका लागि उपयोगी हुने विश्वास गरिएको छ। आयोजक संस्थाहरूले सबैलाई समयमै उपस्थित भई लाभ लिन अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *