लस एन्जलस – नेपाली सुगम संगीतका चर्चित गायक तथा शास्त्रीय संगितमा जादुमय आवाजका धनी शिव परियारसंगको ‘सांगितिक सांझ’ आयोजना हुनेभएको छ । यही नोभेम्बर महिनाको ३० तारिखमा सो सांगितिक कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा परियारले आफ्न चर्चित गीत प्रस्तुत गर्नेछन ।
आधुनिक तथा गजल गीतका सिद्दहस्त गायक परियारको लस एन्जलस कार्यक्रमको संयोजन जागरुक युवा व्यवसायी अमृत महतोले गरेका छन । भर्खरै नेपाली संगीतका अर्का हस्ती रामकृष्ण ढकाल सांगितिक कार्यक्रमको संयोजन पनि यिनै युवा महतोले गरेका थिए । रामकृष्ण ढकाल तथा अर्का चर्चित गायक दिपेशकिशोर भट्टराईको कार्यक्रम सम्पन्न गर्नाका लागि महतो, जोशेफ घले, जीतन थापा, रचना मल्ल ठकुरी, रमेश श्रेष्ठ, कुशल सुवेदी, अनिल केसी र राजेश निरौला एवम स्थानिय युवाहरुको ठुलो हात रहेको थियो । ![Image may contain: 2 people, including Suren Sapkota, people smiling](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.0-9/s960x960/74534364_2964505623579057_1303414250965827584_o.jpg?_nc_cat=108&_nc_oc=AQlxOickuXDWjH2fhDxY_JRG7ei8eouCBuZrzOIIx_Jytwv911XS2Z1tsW7TDa7Hkao&_nc_ht=scontent-lax3-1.xx&oh=b9085fa86a3b70685b243a727ff624e5&oe=5E5C16D6)
लस एन्जलसमा कृयाशिल नेपाली ब्यवसायी, तिनका ब्यवसायिक ब्यानर र कार्यक्रममा उपस्थित हुने दर्शकहरुलाई रेड कार्पेट स्वागत गरिने कार्यक्रम रहेको महतोले जनाए । लस एन्जलस वा यस वरपरका नेपाली ब्यवसाय प्रवर्धन र प्रचारका लागि राखिने ‘रेड कार्पेट चिनारी’ कार्यक्रम सहित चर्चित गायक परियारको कार्यक्रम सफल बनाउन सहयोगका लागि अनुरोध गरेका छन ।![](https://video.glamournepal.net/wp-content/uploads/2016/07/Shiva-Pariyar.jpg)
कार्यक्रम जानकारी :
मिती : नोभेम्बर ३०, शनिवार २०१९
समय : ८ : ०० बजे बेलुकी देखी २ : ०० बजे बिहान सम्म
स्थान : Himalayan Grill
ठेगाना : 16278 Pacific Coast HWY
Huntington Beach, CA 92649
संपर्क : Amrit Mahato
Tel : 626 328 5191