२०८३ असोज १६ गते | 2nd of October 2026

पत्रकार सतिश चापागाईंको रचना र अभिनयमा ‘तिम्रो मन कोमल’

खुल्लामन्च
 प्रकाशित: २०७६ मंसिर १४ गते १५:२७

बाल्टिमोर – सुगम संगितका सर्वाधिक लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा ‘तिम्रो मन कोमल’बोलको गीत सार्वजनिक गरिएको छ। लामो समयदेखि अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार सतिश चापागाईंको रचना रहेको गीतमा लोकप्रिय संगीतकार आलोकश्रीको संगीत रहेको छ। गीतको भिडियोमा चापागाईं स्वयंमले अभिनय गरेका छन् । भिडियोमा उनीसंगै नग्मा श्रेष्ठको अभिनय हेर्न सकिन्छ। यो गीतमा नारीको वर्णन गरिएको छ।

आलोकश्रीकै निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन तथा विकाश दाहालले सम्पादन गरेका हुन्। गीतका रचनाकार तथा मोडल सतिश नेपाल प्रेस युनियन पाल्पाका पूर्व सभापति हुन् । उनी हाल अमेरिकाबाट सञ्चालित नेपलिज डायस्पोरा अनलाइनको प्रधान सम्पादक रहेका छन् ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *