सरस्वती शर्मा/विस्कान्सिन
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका अयोवा च्याप्टरका नव निर्वाचित पदाधिकारीहरुले आज सपथ ग्रहण गरेका छन् । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनिल शाहको प्रमुख आतिथ्यतामा आयोवा च्याप्टरका नव निर्वाचित तथा मनोनित पदाधिकारीलाई पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम गरिएको हो । 
२०१९ ०२१ का लागि गत मे महिनामा निर्वाचित तथा मनोनित च्याप्टरका पदाधिकारीहरु अध्यक्ष तारा डि मरहठ्ठा, उपाध्यक्ष दिपक पौडेल, सचिव ज्योती बराल, कोषाध्यक्ष ऋचा शर्मा कणेंल, महिला संयोजक सरिता पण्डित, युवा संयोजक आर्यन गौतम, सदस्यहरु राजेन्द्र सेढाईं, शम्भु पौडेल र जमुना कुमारीलाई निवर्तमान कार्यसमितिले पद हस्तान्तरण गरेको हो । 
कार्यक्रममा बोल्दै अमेरीकाका अध्यक्ष शाहले च्याप्टरका पदाधिकारीहरुलाई बधाई दिनुभएके थियो भने नवबिर्वाचित च्याप्टर अध्यक्ष मरहठ्ठाले निर्बाचनका बेला आफुले गरेका प्रतिबद्धतालाई कार्यकालमा पुरा गर्ने बिश्वास व्यक्त गर्नुभयो । 
कर्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्ष बुद्धी सुवेदी, क्षेत्रिय सँयोजक गोबिन्द श्रेष्ठ, बोर्ड अफ डाईरेक्टर बासुदेव अधिकारी, केन्द्रिय सल्लाहकार लाल प्रसाद काफ्ले, बिभिन्न टास्क फोर्सका प्रतिनिधिरु पुर्व पदाधिकारीहरु, सल्लाहकार एवम आईसिसि सदस्यहरु लगायत आयोवा राज्यका स्थानिय संघ संस्था र पदाधिकारीको समेत उपस्थित रहेको रहेको एनआरएनए अमेरिकाका प्रवक्ता ओम भट्टराईले जानकारी दिनु भएको छ ।