२०८२ फागुन ३० गते | 14th of March 2026

ट्रकको ठक्करले न्यूयोर्कमा दश बर्षिय श्रीजलको निधन, आमा सख्त घाईते

खुल्लामन्च
 प्रकाशित: २०७६ पुष २३ गते ३:१३

न्युयोर्क –  न्युयोर्कको क्वीन्स स्थित कोरोना मा फोहोर बोक्ने सरकारी ट्रकको ठक्करबाट दश बर्षिया बालाक श्रीजल पन्थीको मृत्युले न्युयोर्कमा रहेका नेपालीहरुलाई स्तब्ध बनाएको छ ।

आमाका साथ स्कुल जादै गर्दा ट्रकको ठक्कर लाग्ने वित्तिकै छोरा र आमा दुबैलाई एम्बुलेन्स मार्फत नजिकको एलमष्ट अस्पताल पुर्याईएको थियो । अस्पताल पुर्याएको केही समयपछि बालक श्रीजल पन्थीको निधन भएको थियो भने आमा मिना पन्थीको उपाचारको लागी अस्पतालमा भर्ना गरिएको छ ।

उक्त घटना मगंलबार बिहान सात बजे तिर ९७ स्ट्रीट र ५७ एभ्युन्युमा मा भएको थियो उक्त घटनाले न्युयोर्कमा बस्ने नेपालीहरुलाई ज्यादै दुखित बनाएको छ ।

सामाजिक ब्यक्तित्व पुरुषोत्तम पन्थीको दश बर्षिया छोरा श्रीजलको निधन प्रति अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरपले सामाजिक सञ्चाल मार्फत तथा प्रत्यक्ष भेटर चीर शान्तिको कामनासंगै घाइते मिना पन्थीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *