२०८१ वैशाख २६ गते | 8th of May 2024

एनआरएनए विस्कन्सिनको च्याप्टरको सहआयोजनामा नयाँ बर्ष र माघी पर्व मनाईंदै

खुल्लामन्च
 प्रकाशित: २०७६ पुष २७ गते २०:२४

सरस्वती शर्मा (सरु )/ विस्कन्सिन, अमेरीका
नेपालको सुदुर र मध्यमश्चिमेली सास्कृतिक झल्को अव मिल्वाक्कि विस्कन्सिनमा देख्न पाईने भएको छ । गौरा समाज बिस्कन्सिको आयोजना तथा एनआरएनए युएसए विस्कन्सिन च्याप्टरको सहआयोजनामा यहि जनवरी १८ मा मिलवाक्किमा एक बिशेष कार्यक्रमका साथ गौरा पर्व मनाईदैछ । माघ महिनाको १ गते मनाईने तराईको बिशेष चाड माघि र  नव बर्षको बिशेषतालाई उजागर गर्दै गौरा समाज मिलवाक्किले उक्त कार्यक्रम गर्न लागेको समाजका सदस्य लक्ष्मण खड्काले जानकारी दिनुभयो । नयाँ बर्ष र माघिका बिशेष सस्कार त्यस कार्यक्रममा देखाईनेछ ।

अमेरीकामा रहेका हामीहरुले जन्मभुमीको बिभिन्न चाडपर्व, सस्कृतिलाई हामीले बिर्सदै गएको हो कि आभाष भएकाले यस्को धार्मिक सास्कृतिक बिशेषतालाई जोगाई राख्न पनि यो कार्यक्रम गर्न लागेको खड्काले जानकारी दिनुभयो । बिदेशमा जन्मिएका र बस्दै आएका नेपाली बालबालिकालाई नेपालको सस्कार , सस्कृति पुस्तान्तरण गर्ने आफुहरुको मुख्य उद्धेश्य रहेको उहाले बताउनुभयो । मिलवाक्किमा सुदुर र मध्यपश्चिमका १०० भन्दा बढि घरधुरी बसोबास गर्ने गरेका छन् ।

गौरा समाजका सँयोजक बासुदेव जोशिले नेपाली र नेपाली परिवारका विच भाईचारा अभिबृद्धि गर्ने उद्देश्यले यो सँस्थाको परिकल्पना गरीएको जानकारी दिनुभयो ।

मिडियाबाट समेत ओझेलमा परेका हिमाल, पहाड, तराईका बिभिन्न चाडपर्व तथा सस्कृतिलाई एकबद्ध गरी कार्यक्रम गर्ने योजनामा रहेको गौरा समाजलाई सहसँयोजकका रुपमा सहयोग गर्न पाउदा आफुहरुलाई खुशी लागेको एनआरएनए युएसए विस्कन्सिन च्याप्टरका अध्यक्ष टुक रेग्मीले बताउनुभयो । उक्त कार्यक्रमलाई भव्य र सँगितमय बनाउन नेपाली लोक पप गाएक तिलक बमको बजोड प्रस्तुति रहने छ । गौरा समाजमा बासुदेव जोशी सँयोजक, सदस्यहरुमा लक्ष्मण खड्का, शोभा शर्मा अधिकारी, राजु ओझा र लेखनाथ तिमिल्सेना रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *