२०८१ वैशाख २० गते | 2nd of May 2024

सान फ्रान्सिस्कोमा २८५६ औं सोनाम ल्होसार कार्यक्रम हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७६ माघ ५ गते १९:५३

सागर श्रेष्ठ /सान फ्रन्सिस्को – तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा पनि चिनिन्छ । बिशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कुलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन । ल्होसार मनाउने समुदायमा ल्हो भन्नाले बर्षहरु जनाउछ सार वा छार भन्नाले नयाँ भन्ने बुझिन्छ। तामाङले मनाउने ल्होछारलाई सोनाम ल्होछार, गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, शेर्पा र भोटेजाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । 

सामुदायिक रुपमा समुदायका सबैजना एकैठाउमा भेला भएर चाडबाड मनाउने, सरल अनि सभ्य रुपमा मिलनसार प्रवृतीको संस्कार र सन्देश दिने तमाङ्गहरु अनुकरणिय समुदायको रुपमा परिचित छन ।

तामाङ कोअपरेसन सोसाइटी अफ क्यालीफोर्नियाले ल्होछार सान्स्कृतिक साँझको पनि भब्य तयारी गर्दैछ। चर्चित दि एन्जल्स ब्याण्डका गायक तथा गीटारिस्ट राजु लामा र नायिका पूजा चन्द लामा बिषेश प्रस्तुतीका साथमा स्थानिय कलाकारहरुको गायन, नृत्यको प्रस्तुती पनि रहनेछ । तामाङ कोअपरेसन सोसाइटी अफ क्यालीफोर्निया संस्थाको आज आयोजित प्रेस मिटमा विचार राख्ने क्रममा अध्यक्ष प्रेम लामा र सिङगो टिमले प्रबासमा रहेर भाषा, सस्कृती र परम्परालाई निरन्तरता दिन पाउदा गौरब महसुस गरेको र सम्पूर्ण बे एरियाबासी आम जनसमुदायलाई उपस्थिती भएर कार्यक्रमलाई भब्य सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्नु भएको छ । 

कार्यक्रमबारे जानकारी :
स्थान : 850 Judha Street, San Francisco, 94123
समय : साँझ ६ बजे देखी राती १२ बजे सम्म
मिती : जनवरी २५, २०२०
प्रबेश शुल्क : २५।०० डलर मात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *