२०८२ वैशाख ३० गते | 13th of May 2025

एमसीसी पास गर्ने सर्तमा अग्नी सापकोटा सभामुख

खुल्लामन्च
 प्रकाशित: २०७६ माघ ५ गते २२:५८

काठमाडौं –  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली अन्ततः अमेरिकी प्रोजेक्ट मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) पास गर्ने सर्तमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन सहमत भएका छन्। सुवास नेम्वाङलाई सभामुख बनाउन उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा नदिई अडान लिन लगाउँदै आएका ओली अन्ततः पूर्वमाओवादी केन्द्रका नेता सापकोटालाई सभामुख बनाउन सहमत भएका हुन्।

पूर्वमाओवादी केन्द्रले सभामुखमा अडान नछाडेपछि उनी सापकोटालाई एमसीसी पास गराउने सर्तमा सभामुख स्वीकार्न तयार भएका छन्। ओलीले एमसीसीमा सापकोटाले असहयोग गर्न नहुने बारेमा प्रचण्डलाई स्पष्ट गरिसकेको नेकपा निकट स्रोतले बताएको छ। यसअघि बलात्कार काण्डमा पुर्पक्षमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी संसदबाट पास गर्न अस्वीकार गरेको चर्चा नेकपा वृत्तमा हुने गरेको छ।

पूर्वएमाले र माओवादी केन्द्रको भागबण्डा नमिलेर सभामुख चयनमा सहमति हुन नसक्दा संसदको अधिवेशन नै सार्दै आएको नेपाल कम्युनिष्ट पार्टीले सापकोटालाई सभामुख चयन गरेपछि सोमबार बोलाइएको अधिवेशन संचालन हुने बाटो खुलेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति आइतबार बिहान जुटेको बताइएको छ। दुई अध्यक्षबीच सहमति भइसकेपछि आइतबार अपराह्न ५ बजे बसेको नेकपाको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको हाम्रोकुराले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *