काठमान्डौं – ओरिजिनल इन्टरटेनमेन्टका अध्यक्ष तथा पत्रकार दयाराम पाण्डे अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को नेपाल संयोजकमा चयन भएका छन् ।
नेपाली रजतपटका यी चर्चित गीतकार पाण्डे बिभिन्न बिधामा सकृय छन । संस्थाको वरिष्ठ संयोजकमा सुशील पोखरेल, प्रथम सह–संयोजक सुदीपकुमार रेग्मी, द्धितिय सह–संयोजक देवकुमार श्रेष्ठ, सचिव गोपाल ढकाल र कोषाध्यक्षमा कृपाभक्त महर्जन चयन भएका छन् ।
नेपाल संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यका साथ स्थापित यो संस्था गैर नाफामुलक भएको आयोजकले जनाएको छ ।