२०८१ वैशाख २१ गते | 3rd of May 2024

साहित्यकार सर्वज्ञ वाग्लेको ‘पुनर्वास उपन्यास’ सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७६ माघ २० गते २:०८

काठमाडौं – साहित्यकार सर्वज्ञ वाग्लेको पाँचौं कृति “पुनर्वास” उपन्यासको शनिवार प्रज्ञा भवनमा बिमोचन गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित “साहित्यकार सर्वज्ञ वाग्लेको उपन्यास कृति पुनर्वासको विमोचन कार्यक्रममा” नेपाली काँग्रेस वरिष्ठ नेता पौडेलले उपन्यासको विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै पौडेलले मानिसभित्रको संबेदनालाई जागृत गराउने काम साहित्यले गर्ने हुँदा यो राजनिती भन्दा फरक र जिवन्त विषय भएको बताए । राजनीति विषयभन्दा साहित्यका कुरामा बढी समय खर्चिएका पौडेलले साहित्यकारहरुका परिश्रम र मिहिनेत सबैका लागि प्रेरणादायी भएको समेत बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद बद्री पाण्डेले कृति माथी समीक्षा गर्दै पुनर्वास उपन्यासले नेपाल र भारतका सीमाक्षेत्रमा रहेका आम नागरिकले भोगेका अनुभवहरुलाई जस्ताको तस्तै उतारेको बताए । उनले अहिले आइरहेको दुई देशवीचका सीमा समस्या, भारतिय सुरक्षाकर्मीले नेपाली माथी गरेका थिचोमिचो लगायतका विषयमा पनि कृतिले चित्रण गरेकोले यो एउटा संग्रहणिय पुस्तक भएको बताए ।Image may contain: 5 people, indoor

वरिष्ठ साहित्यकार कृष्ण धराबासीले कृतिमाथि टिप्पणी गर्दै यसमा भएका कमीकमजोरी औंल्याए । यद्यपी उपन्यासमा प्रयोग गरिएका प्रकृतिसँग, मानव जीवनसँग र अन्य उपयोगी बिम्बहरुले पुनर्वासलाई निकै रोचक बनाएकाले यो उत्कृष्ठ कृति बनाउन साहित्यकार सफल भएका धराबासीले बताए ।Image may contain: 4 people, people standing and suit

कृतिकार वाग्लेले आफूले उपन्यास लेख्ने क्रममा कञ्चनपुरको सीमा समस्याका बारेमा स्थलगत भ्रमण गरेर त्यहाँको समस्या बुझेपछि कृति तयार पारेको बताए । उनले त्यहाँको भौगोलिक परिवेश र कृतिभित्र रहेका विषयका बारेमा संक्षिप्त उल्लेख गर्दै आगामी दिनमा अझ सक्रिय भएर साहित्यलेखन गर्ने प्रतिबद्धता जनाए । उनले वाचन गरेको “बा” शीर्षकको कविताले उपस्थित सबैलाई भावुक बनाएको थियो ।

कार्यक्रम पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । शिखा बुक्सले उपन्यास पुनर्वासलाई बजारमा ल्याएको छ । हाल अमेरिका बस्दै आएका वाग्ले एन आर एन अमेरिकाका क्षेत्रिय उपाध्यक्ष समेत हुन् । वाग्लेले निरन्तर रुपमा साहित्यमा कलम चलाउँदै साहित्यकारको रुपमा आफुलाई स्थापित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *