२०८२ वैशाख ३० गते | 13th of May 2025

गोरखा नगरपालिका र बेलायतकाे रसमोर काउन्सिलसँग भगिनी सम्बन्ध

खुल्लामन्च
 प्रकाशित: २०७६ माघ २० गते २:२२

लन्डन – गोरखा नगरपालिका र बेलायतको रसमोर बरो काउन्सिलबीच भगिनी सम्बन्ध जोडिएको हो। रसमोर काउन्सिल भवन फार्नबोरोमा आयोजित विशेष समारोहमा रसमोरका मेयर काउन्सिलर सुई कार्टर र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध कायम भएको घोषणा गरेका हुन्।

रसमोरमा धेरै नेपालीको बसोबास छ। तीन वर्षका लागि गरिएको सम्झौतापत्रमा दुवै नगरबीच सांस्कृति, प्राविधिक र शैक्षिक अवसर साटासाट गर्ने सहमति छ। यस्तै, दुवै निकायका पदाधिकारीहरूको भ्रमण, सामाजिक आर्थिक विकास र संयुक्त अनुसन्धान तथा विभिन्न परियोजनामा सहयोग गर्ने सम्झौता पनि भएको छ।

यो सम्बन्धले बेलायत नेपालसम्बन्ध अभिवृद्धि र नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई समेत सहयोग पुग्ने अपेक्षा छ। सहमतिपछि गोरखा नगरपालिकाका मेयर पन्तले यो सम्बन्धले इतिहासको पुनरावृत्ति भएको बताए।

‘गोर्खालीको वीरता विश्वमा फैलिएको छ। यो सम्झौताले त्यसलाई पनि ताजा बनाइदिएको छ,’ उनले भने, ‘भौतिक र आर्थिक तथा सांस्कृतिक सहयोग आदानप्रदान गर्ने बाटो पनि यो सम्झौताले खोलिदिएको छ।’ गोरखा नगरपालिका गोरखा जिल्लाको अन्तराष्ट्रिय नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने पहिलो स्थानीय तह बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *