२०८० मंसिर २१ गते | 7th of December 2023

एनआरएन निर्वाचन, महिला संयोजक पद र मेरो उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २३ गते १५:४७

आदरणिय अग्रजहरु, दाजु भाई, दिदी बहिनीहरु तथा बुवा अामाहरू,

बिगत लामो समय देखी थुप्रै संघ सस्थामा बसीकार्य गरेको अनुभब अनुभव लाई सगठानात्मक तथा सकारात्मक ढगंले सदुपयोग गर्दै सामाजिक सेवामा अंझ प्रभावकारी ढगंले लाग्ने उद्देस्यका साथ एन आर एन अमेरिकाको महिला संयोजकमा उठ्नका लागि निम्न प्रतिबध्दता व्यक्त गर्दछु । नेपाल र समस्त गैरह आवसिय नेपालीको बिकास गर्ने, महिलाहरूको हकहित र उनिहरूका लागि लड्ने प्रतिबद्दताको साथ आफ्नो उम्मेदवारी घोषणा गरेकी छु।

यि लगायतका नेपाल र गैर-आवसिय नेपालीहरुको हितका बिभिन्न कार्यहरुको थालनी गर्न र ति कार्यक्रम कार्यन्वयन गराउने लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्दछु।
महिला सयोजकमा मेरो उमेदवारी किन ?
महिलाहरूको हर हितको संरक्षण गर्न
महिलाहरू बिरूद्ग हुने कुनै पनि भेदभाव र अन्नयायका बिरूद्ग लड्न
जातिय तथा सबै प्रकारका बिभेद बिरूद्ग लड्न
महिलाको शिप विकास र प्रगतिका लागि खट्न
महिलाहरूको संगठित आवाजले नै महिलालाइ आफ्नो खुट्टामा उभिन सघाउ छ र मेरो मिसन भनेको नै संगठित होउ दिदी बहिनी प्राप्त गर आफ्नो अधिकार भन्ने हो ।
अमेरिका र संसार भरि छरिएका रहेका नेपाली नारीहरु तथा दाजु भाइ लाई बृहत रुपमा समन्वय गर्न
सबैको साझा सस्थाको रूपमा एनआरएन अमेरिका लाइ बिस्तारित् गर्न
म हामीमा भएको सिप ,आर्थिक सवलता र ब्यवाहारिकता लाइ पूर्ण रूपमा उपयोग गरि अमेरिकी नेपाली समुदाय, नेपाली महिला दिदी बहिनीलाई आर्थिक सम्पन्नता तर्फ लैजान पूर्ण प्रतिद्धता ब्यक्त गर्न चाहन्छु ।

मेरा यिनै प्रतिबद्धताहरुमा दत्तचित्त भएर लाग्न एनआरएन महिला संयोजक पदमा आफ्नो उमेद्वारी घोषणा गरेकी छु । अमेरिकाको सबै राज्यमा बस्नुहुने तमाम दाजुभाई, दिदिबहिनिहरु, साथीभाई,आमा बुवा, आजिबन तथा साधारण सदस्यहरुले मलाइ सामाजिक सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने आशा राख्दछु ।

धन्यवाद !
लक्ष्मी खरेल थापा
महिला संयोजक पदको उम्मेदवार
एनआरएन अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *