काठमाडौं – गोकर्णेश्वर नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नयाँपाटीस्थित बालसुधार माध्यमिक विद्यालयको प्रांगणमा पूर्व मन्त्री अम्बिका बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडी राष्ट्रको गहना भएकाले राज्यले नै खेलाडीहरुको संरक्षण गर्नु पर्ने बताउनुभयो ।![](https://scontent-atl3-1.xx.fbcdn.net/v/t1.15752-9/s2048x2048/87940393_861439244277960_7067334068131594240_n.jpg?_nc_cat=106&_nc_eui2=AeGaPzX3naVmp-e9MBLyNjVzs-zK93kXmwiBAWDbpfYO67gvlhKP-i2RaJos7M9-6CFoVmIrNvZ3zjNcWYKOaZJ6UGmvuL4MAEpauS2qj0V_4A&_nc_ohc=tHalBfR1KvQAX-YDEGd&_nc_ht=scontent-atl3-1.xx&_nc_tp=7&oh=289f7831a9c94fdc9be297262f898c6a&oe=5EBAA66D)
गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले विद्यालयस्तर देखि नै खेल क्षेत्रमा लगानी गर्दा भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुँदै जाने धारणा राख्नुभयो । फागुन १५ सम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टस् लगायतका खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नगरपालिकाभित्र रहेका ४२ वटा विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन् ।![](https://scontent-atl3-1.xx.fbcdn.net/v/t1.15752-9/s2048x2048/87951734_1073257539701834_1396055394165456896_n.jpg?_nc_cat=109&_nc_eui2=AeFTHy1APM00rVrEOa946GXMw2ciiooc_QseP4QY8jX_nYU6hQ90fIKGr0XJP1-KH-aavT89neuwflPBa1oeflxY3UTlIkf2hT5S1p5oTwY4Jg&_nc_ohc=4D-bdAQ2ctQAX8ekPcG&_nc_ht=scontent-atl3-1.xx&_nc_tp=7&oh=1dc6a9eaa3b334658ecee5d2dc6e1533&oe=5EF2A8E8)