काठमान्डौं – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) अमेरिकाकाका उपाध्यक्ष कृष्णजिवी पन्थले सल्यानमा एक प्रोजेक्ट शुरु गरेका छन् । उपाध्यक्ष तथा 1-NCC 1-Charity का लागि एनसीसी अमेरिकाका संयोजक कृष्णजिवी पन्थले सल्यानमा प्रोजेक्ट शुरु गरिएको बताएका छन । ‘एनअरएनए एनसीसी अमेरिकाले 1-NCC 1-Charity परियोजना गर्न आफूलाई जिम्मेवारी दिएकोले सो काम घोषणा गरिनु पूर्व नै थालनी गरिएको पन्थले बताए । ‘म काम गर्ने मान्छे हुँ, आइसिसिले प्रोजेक्टको टुंगो लगाएको छैन तर मैले काम नै शुरु गरिसकें’ पन्थले बताए । 
नेपालको पश्चिममा पर्ने सल्यान जिल्लाको विकट कुमाख गाउँपालिका वडा न १ टाट्केमा एउटा प्रसुति गृह (Birthing Centre) स्थापना गर्ने आईसीसीको प्रोजेक्ट रहेको छ । प्रोजेक्टको लागि स्थानिय गाउंपालिका र एनआरएए एनसीसी अमेरिका एवम मानव बिकास तथा सामुदायिक सेवा बिच त्रिपक्षीय सम्झौता २०७६-११-१३ गतेका दिनमा सम्पन्न भएको छ । उक्त अवसरमा गाँउपालीका अध्यक्ष दिलमाया बुढामगर गिरी, मानब बिकास तथा सामुदायिक सेवाका कार्यकारी निर्देशक कपिल शर्मा, डा. कालेब बुढा, बरिष्ठ इन्जीनियर सुरज दाहाल लगायत स्वास्थ्यकर्मी एवं स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको उपाध्यक्ष पन्थले बताए । 
सम्झौतामा भवन निर्माण गर्नको लागी जग्गा, आवश्यक पर्ने स्वास्थ्यकर्मी एबं स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपकरण गाउँपालीकाले उपलब्ध गराउने, एनआरएनए एनसीसी अमेरिकाले ४ कोठे भवनको निर्माण गर्ने रहेको छ । \ उक्त परियोजनाको सम्पूर्ण ब्यवस्थापन मानव बिकास तथा सामुदायिक सेवाले गर्ने उल्लेख गरिएको छ । 
सल्यानको दुर्गम गाउँमा सुविधामुलक प्रसूति गृह स्थापना गर्दा सयौं आमाहरूले आफ्ना सन्तानलाई सुरक्षित गर्भधारण गर्न सक्नेछन भन्ने उदेश्यका साथ उक्त परियोजनाको परिकल्पना गरिएको हो । कुमाक गाँउपालीका वडा न १ को डाँडागाउं, भितिवनचौर, नुवागाउं, साधनमुढा एवम भितिवन आसपासका स्थानका गर्भवती आमाहरूको पिडामा केहि भएपनि मल्हम लगाउने हाम्रो प्रयास रहेको उनले बताए । यस सामाजिक काममा सल्लाह, सुझाव तथा सहयोगका लागि उपाध्यक्ष पन्थले अनुनय गरेका छन्।

oral isotretinoin 40mg – linezolid 600mg canada order linezolid 600 mg pills