काठमाडौँ – सरकारले कोरोना भाईरसका कारण पूर्वघोषित सगरमाथा संवादको पहिलो सस्करण स्थगित गरेको छ । सरकारले आगामी अप्रिल २ देखि ४ सम्म सगरमाथा सम्बादको पहिलो सस्करण गर्ने घोषणा गरेको थियो ।
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विश्वमा देखिएको कोरोना भाईरसका कारण सगरमाथा संवादको पहिलो संस्करण स्थगन गरिएको बताउनु भयो ।
मन्त्री ज्ञवालीले नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय सभा सम्मेलन तत्काललाई आयोजना नगरिने पनि जानकारी दिनुभयो। यस अघि सरकारले कोरोना भईरसको प्रभावका कारण नेपाल भ्रमण वर्ष–२०२० को प्रबद्र्धनात्मक कार्यक्रम पनि स्थगित गरेको थियो । बिश्व स्वास्थ्य संगठनले केहि दिन अघि मात्र नेपाललगायत पाँचवटा देशलाई कोरोनाको उच्च जोखिममा राखेको छ । मन्त्रि ज्ञवालीले अत्यावश्यक काम बाहेक कोरोना भाईरसको प्रभावित र जोखिम रहेका देशहरु भ्रमण नगर्न पनि सबै नागरिकलाई आग्रह गर्नुहुँदै विदेशवाट नेपाल आउने नागरिकलाई स्वास्थ्य परिक्षणको प्रमाणपत्र प्रमाणित गरेर मात्रै आउन पाउने व्यवस्था मिलाइएको समेत जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले कोरोना भाइरसका कारण स्वास्थ्य उपकरण, औषधी, अत्यावश्यक वस्तु खाद्यान्न लगायतका वस्तुको अभाव हुन नदिन सरकारले पहलकदमी चालिसकेको पनि बताउनुभयो ।